एजेन्सी
मंगलबार, भदौ २६, २०७५
436

काबुल-२००१ को सेप्टेम्बर ११ पछि अमेरिकाले अफगानिस्तान, इराक र सिरियामा गरेको युद्धमा १५ खर्ब डलर भन्दा बढीको खर्च भइसकेको प्रतिरक्षा विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अफगानिस्तानको अपरेसन फ्रिडम्स सेन्टिनल, सिरिया र इराकको अपरेसन इनहरेन्ट रिजोल्भ र होमल्यान्ड सेक्यूरिटी अपरेसन नोबल इगलमा भएको खर्च उक्त खर्चको १८५.५ अर्ब डलर पुगेको छ ।

हालको सञ्चालन मध्ये फ्रिडम सेन्टिनलको हिस्सा सर्वाधिक बढी अर्थात १३४.३ अर्ब डलर रहेको छ । यसपछि नोबल इगलको २७.७ अर्ब डलर र इनहरेन्ट रिजोल्भकमो २३.५ अर्ब डलर रहेको छ । प्रतिवेदनका अनुसार यो पैसा तालिम, उपकरण, मर्मतका साथसाथै खाद्यान्न, पोशाक, चिकित्सा सेवा र सेनाका लागि दिइने तालिममा खर्च भएको छ ।
अफगानिस्ताको भ्रमण अगाडि रक्षा मन्त्री जेम्स म्याटिसले तालिबानसँग हुने वार्ताले अमेरिकाको लामो युद्धको अन्त्य गर्न सक्ने आशा आफुले लिएको बताएका छन् । अफगानिस्तानमा विगत १७ वर्षदेखि लडाइ चलिरहेको छ ।
गृष्मकालिन समयमा एक अमेरिकी राज्य विभागका अधिकारीे कतारमा तालिबानी अधिकारीसँग भेटघाट गरेका थिए । बृहत् शान्ति वार्ताका लागि आधार तयार पार्नका लागि उनको यो भेट भएको बताइएको छ ।
रक्षा मन्त्री भएपछि अफगानिस्तानमा म्याटिसको यो चौथो भ्रमण हो ।
पछिल्लो आक्रमणको समयमा म्याटिसको यो अफगानिस्तानको भ्रमण भएको हो ।
सोमबार पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा एक अमेरिकी सेवा कर्मचारी मारिएका थिए भने अर्का घाइते भएका थिए ।
बुधबार काबुलमा भएको दोहोरो बम आक्रमणमा २० मानिस मारिएका थिए । यो आक्रमणको जिम्मेवारी आईएसआईएसले लिएको छ ।
हाल अफगानिस्तानमा झन्डै १४ हजार अमेरिकी रहदै आएका छन् ।