एजेन्सी
सोमवार, भदौ २५, २०७५
670

न्यूयोर्क-शनिबारको महिला सिङगल फाइनल हारेपछि तीन कोड उल्लंघन गरेको अराोपमा यूएस आपनले सेरेना विलियम्सलाई १७ हजार अमेरिकी डलर जरिवाना गरेको युनाईटेट स्टेट्स टेनिस एसोसियसनले जनाएको छ । शनिबार विलियम्स र जापानकी नाओमी ओशाकाबीच न्यूयोर्कको आर्थ आसे रंगशालामा भएको खेल विवादै विवादले भरिएको थियो । दोस्रो सेटको खेलमा अप्पायर कार्लोस रामोसले विलियम्सलाई १ अंक दण्ड गरेपछि विवाद भएको हो । ओशाकाले विलियम्सलाई सोझो सेटमा ६–२, ६–४ ले हराएर आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधी जितेकि थिइन् ।
विलियम्सका प्रशिक्षक प्याट्रिक मौराटोग्लोउले उनलाई हातबाट संकेत गरेपछि रामोसले पहिलो चेतावनी जारी गरेका थिए । रामोसले यसलाई गैर कानुनी प्रशिक्षण भएको बताएका थिए । विलियम्सले यो आरोपलाई अस्वीकार गरेकि थिइन् र रामोससँग माफी मागेकि थिइन् ।
विलियम्सले अम्पायरलाई आफु ले कुनै छल नगरेको बताएकि छन् ।यद्यपि फाइनलमा पुगेकाले विलियम्सले १८ लाख ५० हजार डलर जितेकी छन् ।