एजेन्सी
सोमवार, भदौ २५, २०७५
2206

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको पहिलो नम्बरको निशानामा जापान परेको छ । अटोमा लगाइने भन्सार पनि एजेन्डामा परेकाले ट्रम्पको पहिलो नम्बरको निशानामा जापान परेको हो ।
वाल स्ट्रिट जर्नलसँगको पछिल्लो वातचितमा ट्रम्पले जापानी नेतृत्वसँग आफ्नो राम्रो सम्बन्ध भएको बताए । तर साथसाथै उनले भने,“मैले उनीहरुलाई कति तिर्नुपर्छ भनेर भनेसँगै यो सम्बन्ध पनि छिट्टैनै टुंगिन सक्छ ।”

मेक्सिको र क्यानडासँग नयाँ नाफ्टा सम्झौतामा हस्ताक्षर भयो भने यी मुलुकहरु अमेरिकी अटो अनुसन्धानबाट मुक्त हुने उनले बताए । युरोपेली संघले यस किसिमको भन्सारबाट पहिलेनै छुट पाइसकेको छ । तर एसियामा अमेरिकाको प्रमुख मित्रको रुपमा रहदै आएको जापान नम्बर वान निशानामा पर्न सक्ने उनले बताए ।
“राष्ट्रिय सुरक्षाको मामिलामा अटो आयातमा अमेरिकी अनुसन्धान चलिरहेको छ । यो केही अनौठो खालको छ । तर तपाईले यसबाट मेक्सिको, क्यानडा र ईयूले छुट पाएका छन् भने अटाको क्षेत्रमा जापान स्पष्ट निशानामा पर्न सक्छ ,” उनको भनार्य थियो ।