एजेन्सी
बुधवार, माघ ९, २०७५

‘फोर्टनाइट’, ‘पोकेमोन गो’ समेतका लोकप्रिय ‘भिडियो गेम’ उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

202
एजेन्सी
बुधवार, माघ ९, २०७५

आगामी २०२५ सम्ममा चीन उच्च आयको मुलुक हुने र २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्रको मुलुक हुने विश्व बैंकका पूर्व उपाध्यक्ष र प्रमुख अर्थशास्त्री जस्टिन यीफुलीनने बताए ।

367
एजेन्सी
बुधवार, माघ ९, २०७५

बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको अवस्था फेरी बिग्रेको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ ।

1168
एजेन्सी
बुधवार, माघ ९, २०७५

तेलको मागको मामिलामा यो वर्ष भारत चीनलाई पछि पार्दै विश्वकै दोस्रो ठूलो तेल खरिद गर्ने मुलुक हुने भएको छ । अटो इन्धन र एलपीजीको खपतको वृद्धिका कारण माग बढ्ने अनुसन्धान र परामर्शदातृ ग्रुप वुड म्याकेन्जीले आफ्नो प्रतिवेदनमा जनाएको छ । गत वर्ष भारतमा तेलको मागमा जोडदार वृद्धि भएको थियो । जीएसटी तथा नोटबन्दी लागु भएपछि भारतको मागमा १४ प्रतिशत वृद्धि भएर २.४५ लाख व्यारेल प्रतिदिन पुगेको थियो । यो वर्ष पनि समान स्तरमा तेलको मागमा वृद्धि हुने अनुमान वुड म्याकेन्जिको रहेको छ ।

271
एजेन्सी
बुधवार, माघ ९, २०७५

कार्य व्यस्थताले हामी माया प्रेम गर्न भुल्छौ । प्रेमका लागि समयनै निकाल्न पाउदैनौ । यसैका कारण पार्टनरसँग झगडा हुने गर्छ भने केही मानिसले एक्लै बस्नका लागि मन पराउने गर्छन् । यो समस्याको एक स्कुलले अचम्मको समाधान निकालेको छ । यो स्कुलले आफ्ना टिचरलाई प्रेम गर्नका लागि बिदा अर्थात ‘लभ लीभ’ को सुरुवात गरेको छ । आफ्नो प्रेमी प्रेमिकाका लागि समय निकाल्न सकोस् भन्ने दृष्टिकोणबाट यो स्कुलले ‘लभ लीभ’ को व्यवस्था गरेको हो ।

228
एजेन्सी
मंगलबार, माघ ८, २०७५

गत वर्ष अन्तर्राष्ट्रिय पर्यटनका लागि राम्रो वर्ष भएको संयुक्त राष्ट्र संघिय विश्व पर्यटन संगठनको नयाँ प्रतिवेदनले देखाएको छ । गत वर्ष १.४ अर्ब अन्तर्राष्ट्रिय पर्यटकले विश्व भ्रमण गरेको यूएनडब्लूटीओको तथ्यांकले देखाएको छ । संगठनले २०२० सम्ममा पनि यो संख्यामा पर्यटकको संख्या नपुगने अपेक्षा गरेको थियो ।

194
एजेन्सी
मंगलबार, माघ ८, २०७५

गत वर्ष चीनमा जन्मिएका बालबालिकाको संख्या ६० वर्षकै न्यून कायम भएको चीनको वित्तीय सेवा फर्म वाइड इनफरमेसनले जनाएको छ । गत वर्ष चीनमा १ करोड ५२ लाख ३० हजार बालबालिकाको जन्म भएको चीनले सोमबार जनाएको छ । यो १९६१ देखिकै न्यून हो । उक्त वर्ष यो मुलुकमा १ करोड १८ लाख ७० हजार बालबालिकाको जन्म भएकमो वाइन्डको तथ्यांकले देखाएको छ ।

242
एजेन्सी
मंगलबार, माघ ८, २०७५

विमानमा सवार एक यात्रीको ज्यान बचाउने प्रयासमा २५० यात्रुको ज्यान जोखिममा पारिएको छ । यात्रीले विमानमानै बसेर हिउले जमेको रातमा कठ्याङग्रिदै रात काट्नु परेको घटना क्यानडाको मन्ट्रियलमा घटेको छ । सीबीसी नेटवर्कका अनुसार युनाईटेड एयरलायन्सको फ्लाइट–१७९ शनिबार न्यूजर्सीको नेवार्क विमानस्थलबाट २५० यात्रु लिएर हङकङका लागि उडेको थियो । बाटोमा एक यात्रीको स्वास्थ खराब भएपछि क्यानडाको पूर्वी तटको गुज बे विमानस्थमा विमानको आपतकालिन अवतरण गरिएको थियो ।

1347
एजेन्सी
मंगलबार, माघ ८, २०७५

चिनियाँ अधिकारीले विश्वकै पहिलो जीन सुधार गरेर जन्मिएको बच्चा देशको कानुन अनुसार वैध नभएको सिन्ह्वाले जनाएको छ । नोभेम्बरमा चिनियाँ वैज्ञानिक ही जियाकुइले एचआईभीबाट जोगाउनका लागि डीएनएमा सुधार गरेर जुम्ल्याहा बालिकाहरु लुलु र नानालाई जन्म दिएका थिए ।

465
एजेन्सी
सोमवार, माघ ७, २०७५

यो वर्ष बेलायतको जीडीपी वृद्धि १.६ प्रतिशत र फ्रान्सको १.७ प्रतिशत हुने पीडब्लूसीको ग्लोबल इकोनोमी वाच रिपोर्टले देखाएको छ । तर भारतले भने ७.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने छ । “विश्वका ठूलो अर्थतन्त्रको वरियतामा भारत र फ्रान्सले यसै वर्ष बेलायतलाई उछिन्ने छन् । यी मुलुकहरुले विश्वव्यापी सूचीमा बेलायतलाई सातौ स्थानमा धकेल्नेछन्,” प्रतिवेदनले भनेको छ ।

811
एजेन्सी
सोमवार, माघ ७, २०७५

एप्पलले केही विभागमा कर्मचारी लिने क्रमलाई कम गरेका छ । आईफोनको बिक्रीमा लगातार गिरावट आएकै समयमा एप्पलको यस्तो निर्णय आएको विषयसँग जानकार स्रोतलाई उद्र्धृत गर्दै ब्लूमबर्गले जनाएको छ ।

173
एजेन्सी
सोमवार, माघ ७, २०७५

चन्द्रमामा नयाँ खोजका लागि नासा चीनको अन्तरिक्ष एजेन्सीसँग मिलेर काम गर्ने तयारीमा रहेको छ । यो अभियानबाट चन्द्रमामा मानिसको बस्ती बसाल्न तथा बाह्य अन्तरिक्षको सुदुर क्षेत्रको अन्वेषणका लागि भविष्यको मिसनको तयारी प्रयास तथा गती मिल्ने नासाले जनाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले गत महिना चिनियाँ अन्तरिक्ष प्रशासन (सीएनएसए) ले यान चाङ –४ ले पठाएको तथ्यांक खरिद गर्ने सम्भावना व्यक्त गरेको छ ।

299
एजेन्सी
सोमवार, माघ ७, २०७५

पाकिस्तानले यो वर्ष निर्यात २७ अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । पाकिस्तानका प्रधानमन्त्र िइमरान खानका एक वरिष्ठ सल्लाहकारले यो योजनाको खुलासा गरेका हुन् । इमरान खानको अगुवाइमा बनेको सरकार सत्तामा आएपछ पाकिस्तानमा महँगी, नयाँ कर तथा समग्र आर्थिक अवस्थाको चुनौतीपूर्ण आंकडाको विषयलाई लिएर दबाबको सामना गरिरहेको छ ।

648
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

मुलुकको आर्थिक वृद्धि गत वर्ष ६.६ प्रतिशत भएको घोषणा चीनले सोमबार गरेको छ । यो वृद्धि दर १९९० देखिकै न्यून हो । बेइजिङको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक अमेरिकासँगको चालू अवस्थाको व्यापार विवादका कारण विश्वका धेरैजसो क्षेत्रमा यही अनुपातको आर्थिक वृद्धिको अनुमान लगाइएको थियो ।

238
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

विश्वका अर्बपतिको सम्पत्तिमा प्रत्येक दिन २.५ अर्ब डलरले बढिरहेको छ भने विश्वका आधा सर्वाधिक गरिबको सम्पत्ति ओरालो लागेको छ । हाल विश्वमा अर्बपतिको संख्या २ हजार २०८ रहेको छ । उनीहरुको सम्पत्तिमा यो भन्दा पहिलेको तुलनामा हालसम्मकै ठूलो वृद्धि भएको अक्सफाम इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । एक दसक अगाडिको विश्वव्यापी वित्तीय संकटयताको समयमा अर्बपतिको संख्यामा झन्डै दोब्बरले वृद्धि भएको छ ।

211