गैरआवासीय नेपाली संघ जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा, मुलुंगुसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुसाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्रएजेन्सीहरू, आईएलओ, यूएनएड्सज तथा अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकिल र सञ्चारकर्मीहरूको प्रतिनिधित्व रहेको एनआरएनए एनसीसी जाम्बियाले जनाएको छ ।
कार्यक्रममा जाम्बियाको परराष्ट्र मन्त्रालयको राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटीभाइस चान्सलर र डिन, संयुक्त राष्ट्रसंघ संस्थाका निर्देशक, प्रतिष्ठित व्यक्तिहरू र जाम्बियामा रहेका नेपालीहरूको सहभागिता रहेको जनाएको छ ।
नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरण, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा, भगवान बुद्धको जन्मस्थान, गोर्खाली वीरताको इतिहास, विशिष्टतासहितको नेपाली झन्डा, पौराणिक र सुन्दरताको भूमिआदिका विषयमा पनि छलफल भएको थियो ।
अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अतिथिलाई धन्यवाद दिँदै कार्यक्रमको आयोजनका लागि नेपाली र दूतावास प्रिटोरिया, दक्षिण अफ्रिकालाई कृतज्ञता व्यक्त गरे ।