मनोरञ्जन शर्मा
शुक्रवार, चैत्र १, २०७५
413

फागु पूर्णिमाका दिन साइक्लिङ कम्पिटिसन

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार र प्रबद्र्धनमा लुम्बिनी पिस म्याराथन आयोजना गर्दै आएको सस्था बुद्धिष्ट सर्किट डक कमले यो वर्ष पनि ग्रेट बुद्धिष्ट ट्रेल, साहसिक तथा आध्यात्मिक साइकल यात्रा गर्ने भएको छ । काठमाडौँबाट चैत ३ गते सुरु भई यो यात्रा चैत ६ गते लुम्बिनीमा साइक्लिङ प्रतियोगितासँगै समापन हुने सस्थाका सस्थापक तथा अध्यक्ष बिक्रम पाँडे काजीले बताए ।
“नेवा सभ्यता सुरुवात भएको विश्वास गरिएको स्वयम्भूनाथ चैत्य परिसरबाट सुरु हुने यो -याली शाक्य सभ्यताको एक महत्वपूर्ण स्थल लुम्बिनीमा पुगी अन्त्य हुने र यस साहसिक तथा आध्यात्मिक खेल गतिविधिको मुख्य उद्देश्य लुम्बिनी–कपिलवस्तु क्षेत्रमा पर्यटकको संख्या तथा बसाइ बढाइ, लुकेका बौद्ध सम्पदाहरूलाई प्रचारमा ल्याई स्थानीयहरूलाई आयआर्जनको मौका दिनु कार्यक्रमको उद्देश्य रहेको ग्रेट बुद्धिष्ट ट्रेल का परिकल्पनाकारसमेत रहेका पाँडेले बताए ।

पहिलो दिन सहभागी साइक्लिस्टहरू स्वयम्भूबाट साइकल चलाउँदै चन्द्रागिरी केवलकार स्टेसन पुग्नेछन् । केवलकार प्रयोग गरी चन्द्रागिरी पुगेपछि डाउनहिल राइड गर्दै कुलेखानी र दामन हुँदै हेटौंडा पुगिबास बस्नेछन् । दोस्रो दिन नारायणघाट हुँदै कावासोती -याली पुगनेछ । तेस्रो दिन चैत ५ गते देवदह, रामग्रामलगायतका बौद्धस्थल हुँदै लुम्बिनीमा पुगी यात्रा समापन हुनेछ ।
चैत ६ गते सबै यात्रीहरूबीच साइक्लिङ प्रतिस्पर्धा हुनेछन् । मायादेवी पवित्र उद्यानलाई सातफन्को लगाई सहभागीहरूले ७७.७७ किमीको दूरी पार गर्नेछन् । स्मरणीय कुरा के छ भने भगवान बुद्धको जीवनमा ७ अंकको छुट्टै महत्व छ । जन्म हुने बित्तिकै सात पाइला बालक सिद्धार्थ हिँडेका बुद्ध ग्रन्थमा उल्लेख छ ।
साइकल -यालीका संयोजक दीपक राईका अनुसार साइक्लिङ प्रतियोगिता दुई विधामा हुनेछन् । “प्रतियोगितामा पुरुष र महिला गरी दुई विधा हुनेछन् र प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने साइक्लिस्टहरूले क्रमशः ७७ हजार ७ सय ७७ रुपैयाँ, ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राईले बताए । त्यस्तै गरी भेट्रान्स पुरुषतर्फ प्रथमले ३३ हजार, दोस्रोले २१ हजार र तेस्रो हुनेले १४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै स्थानीयहरूको लागि छुट्टै साइक्लिङ कम्पिटिसन रहेको बताइएको छ । प्रतियोगितामा नेपालका साइक्लिङतर्फ पुरुष र महिला विजेता लक्ष्मी मगर, अजय पण्डित पनि सहभागी हुने छन् ।
गत वर्ष आयोजना गरिएको -यालीको प्रथम संस्करणमा ६० भन्दा बढी साइकल यात्रीको सहभागिता थियो ।
“यस वर्ष कम्तिमापनि ७० साइक्लिष्ट सहभागी हुने विश्वास आयोजकको छ । भारतको सीमा सुरक्षाबलले पनि आफ्ना साइक्लिस्टहरू पठाउने इच्छा देखाएको र यस विषयमा सीमा सुरक्षा बलसँग छलफल चलिरहेको उनीहरूको भनाइ छ । कार्यक्रमको सहयोगीका रूपमा चन्द्रागिरि हिल्स, दिबाइक फार्म, चाइम्स रेस्टुराँ, रोटरी क्लबअफ भैरहवा र रोटरी कल्ब अफ सेन्ट्रल बुटवल छन् । फागु पूर्णिमाका दिनलाई भगवान बुद्धले ज्ञान प्राप्त गरेपछि घर फिर्ता आएको दिनको रूपमा लिने गरिन्छ ।