कारोबार संवाददाता
शुक्रवार, कार्तिक २, २०७५

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको जनाएको छ ।

2610
प्रकाश पाक्साँवा
मंगलबार, आश्विन ३०, २०७५

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको सौरेनी डाडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले काम सुरु गरेको छ । तत्कालीन सुदाप र ओख्रे गाविसको सीमावर्ती क्षेत्रमा रहेका डाडाँलाई बनभोज पार्कका रूपमा विकास गर्न स्थानीय सरकारले काम सुरु गरेको हो । गत वर्ष १ लाख ५० लागनीमा पोखरी निर्माणका साथै ७ वटा टहरा निर्माण सुरु भइरहेको गाउँपालिकाले जनाएको छ ।

368
दीननाथ बराल
मंगलबार, आश्विन ३०, २०७५

पर्यटकीय नगरी पोखरामा होटलहरूको माझमा निकै कलात्मक ढंगले निर्माण भएको एउटा होटल सञ्चालना आएको छ । हेरिटेज होटल सुइट एन्ड स्पाः नामबाट हालै पोखरामा सञ्चालनमा आएको कलात्मक उक्त होटलले सोमबारदेखि अनौपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको होटलका अध्यक्ष रविचन्द्र हमालले बताए ।

2038
लक्ष्मीप्रसाद सापकोटा
मंगलबार, आश्विन ३०, २०७५

पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा बनिरहेको नमुना बन्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगे पुलमा जोडेर २ सय २८ मिटर उचाइको बन्जी निर्माण भइरहेको हो  । यहाँ बन्जीजम्पको स्पट उपयुक्त रहेको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्सले गरेकी हुन् ।

4514
मनोरञ्जन शर्मा
सोमवार, आश्विन २९, २०७५

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अघिल्लो वर्ष स्वदेशी, विदेशी (तेस्रो मुलुकका) र भारतीय गरी १५ लाखभन्दा बढी पर्यटक आए । यो वर्ष गत वर्षभन्दा अझै बढी पर्यटक लुम्बिनी आउने देखिएको छ ।

164
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

इम्याजिन नेपालले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थालेको अभियानअन्तर्गत तेस्रो संस्करण यस वर्ष २२ नोभेम्बरदेखि सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित यस अभियानलाई महिन्द्रा एडभेन्चरले सहयोग गरेको छ ।

154
मेगराज खड्का
सोमवार, आश्विन २९, २०७५

नयाँ जिल्ला बनेको रुकुम पूर्वलाई चिनाउन पहिलो पर्यटन महोत्सव गरिने भएको छ । जिल्लाको समग्र पर्यटन प्रवद्र्धनको लागि महोत्सव आयोजना गर्न लागिएको हो । रुकुमपूर्व पर्यटन तथा सांस्कृतिक महोत्सव आगामी मंसिर २० देखि पुस १ गतेसम्म सिस्ने गाउँपालिकाको रुकुमकोटमा आयोजना हुनेछ ।

109
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

लुम्बिनीमा वार्षिक रूपमा आयोजना भइराखेको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया जाँदैछ । बोधगयामा यो म्याराथन ‘बोधगया एनलाइटेनमेन्ट म्याराथन’ को रूपमा सेप्टेम्बर महिनाको पूर्णिमाको दिन आयोजना हुनेछ ।

286
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

पर्यटकीय नगरी पोखरा र पाल्पालाई आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्ने भन्दै पाल्पा पोखरा पर्यटक बस सेवा सञ्चालनमा आएको छ । शिक्षा स्वास्थ्य र पर्यटक उद्योगको विकासको नारा बोकेको पाल्पा र पोखरालाई जोड्न बस सेवाले सहयोग पुग्नेछ । बस सेवाको बिहीबार तानसेन नगर प्रमुख अशोककुमार शाहीले उद्घाटन गरे ।

312
रासस
आइतवार, आश्विन २८, २०७५

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

298
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालय बाधक नवनने भएको छ । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्वनध समितिमा भएको छलफलमा मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा वन मन्त्रालय बाधक नवनने स्पष्ट पारेका हुन् ।

1505
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।

605
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

पर्यटकीय नगरी पोखरा र पाल्पालाई आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्ने भन्दै पाल्पा पोखरा पर्यटक बस सेवा संचालनमा आएको छ । शिक्षा स्वास्थ्य र पर्यटक उद्योगको विकासको नारा बोकेको पाल्पा र पोखरालाई जोड्न बस सेवाले सहयोग पुग्ने छ । बस सेवाको विहिवार तानसेन नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरे ।

340
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिकयात्रा सुरु गर्दैछ । तीनवर्ष अघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरूमध्ये सबैभन्दा ठूलो आयोजक हो । सन् २०१८ मा इम्याजिन नेपालको सबैभन्दा महत्वपूर्ण गन्तव्य हो रारा । यस साहसिकयात्राको पथमा बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज लगायतका आकर्षक गन्तव्यहरू समेटिने छन् ।

434
केदार दाहाल
बिहिवार, आश्विन २५, २०७५

ठूला चाडपर्वहरू नजिकिँदै गएका छन् । परिवार र साथी भाइसहित दसैं विदामा घुम्न चाहनेहरूका लागि विभिन्न स्थानहरू छनोट गर्न सकिन्छ । रोजगारी र कामका क्रममा देश विदेशमा रहेपनि दसैंमा जमघट भई रमाईलो गर्ने चलन छ । सवैलाई लामो र छोटो विदा सरकारीदेखि निजी क्षेत्रका कार्यरत कर्मचारीहरूलाई अवश्य मिलेको हुन्छ । जसमा साथीहरूसँग र पारिवारिक भ्रमण गरेर विदाको सदुपयोग गर्न सकिन्छ ।

932