यस्तो छ प्रमुख विश्वव्यापी वित्तीय संस्था फुटबल विजेताको अनुमान
एजेन्सी
बिहिवार, जेठ ३१, २०७५
1054

मस्को- नेपाली समय अनुसार आज साझ फिफा विश्व कप २०१८ सुरु हुदैछ । यो विश्व कपमा कसले जित्ला भनेर फुटबलका प्रशंसका मात्रै होइन किन विश्वका प्रमुख वित्तीय संस्थाहरुले पनि यसको अनुमान लगाउन थालेका छन् ।
विश्वमा वित्तीय रुपमा बहुचर्चित रहदै आएको गोल्डम्यान सचले पनि यसको विजेतका बारेमा अनुमान लगाउन थालेको छ ।
गोल्डम्यान सचका अनुसार यस पटकको विश्व कप ब्राजिलले जित्नेछ । यस पटक पनि विश्व कप जितेमा यो उसका लागि छैटौ विश्व कपको जीत हुनेछ । गोल्डम्यानले फाइनलमा जर्मनीलाई हराएर विश्व कप जित्ने अनुमान लगाएको छ । यसैबीच जर्मनीको तुलनामा विश्व कप जित्ने सम्भावना फ्रान्सको भएको पनि सचले जनाएको छ । सेमिफाइनलमा ब्राजिलसँग हुने भेटका कारण सोही म्याचमै जर्मनीले हार्ने भएकाले सचले यस्तो अनुमान लगाएको हो ।
क्वाटर फाइनलमा जर्मनीसँग बेलायतको भेट हुनेछ र उक्त म्याचमा जर्मनी विजेता हुने संस्थाले जनाएको छ ।
विश्व कपको फुटबलको बिजेताको अनुमान लगाउने गोल्डम्यान सच मात्रै एक्लो वित्तीय संस्था होइन । गत महिना यूबीएसले पनि आफ्नै किसिमको अनुमान लगाएको थियो । यूबीएसले पनि विश्व कप जित्ने मुलुकको रुपमा जर्मनीलाईनै अनुमान गरेको छ । संस्थाले ब्राजिल र स्पेनको विश्व कप जित्ने सम्भावना पनि त्यत्तिकै भएको जनाएको छ ।
“हाम्रो अनुमान अनुसार विश्व कप जित्ने सम्भावना जर्मनी, ब्राजिल र स्पेनको रहेको छ । अर बेलायत, फ्रान्स, बेल्जियम र अर्जेन्टिनाले पनि आश्चर्यजनक रुपमा विश्व कप जित्न सक्ने छन्,” यूबीएसले भनेको छ ।
“आयोजनक राष्ट्र रुस कमजोर टोलीमा भएकाले १६ को चरणमा प्रवेश गर्ने सम्भावना त्यत्तिकै छ । यो टिमले स्पेन तथा पोर्चुगलबाट उक्त चरणमा हार्न सक्ने सम्भावना देखिएको छ,” यूबीएसले भनेको छ ।
यसैबीच गोल्डम्यान सचले स्पेन तथा अर्जेन्टिनाको भूमिका नराम्रो हुन सक्ने जनाएको छ । यी टोलीले क्वाटर फाइनलमा फ्रान्स र पोर्चुगलसँग पराजय बेहोर्न सक्ने संस्थाले जनाएको छ ।
यसैगरी जापानमा रहेको अर्को विश्वव्यापी वित्तीय संस्था नोमुराले पनि विश्व कप जित्ने सक्ने टोलीको अनुमान लगाएको छ । उसका अनुसार फ्रान्स, ब्राजिल र स्पेन सुरक्षित अवस्थाम रहेका छन् । उसका अनुसार पोल्यान्ड, उरुगुय र डेनमार्कको सम्भावना कम छ ।
नोमुराका अनुसार सुरक्षित मानिएका मुलुकले कम सुरक्षित मानिएका मुलुकको तुलनामा विश्व कम जित्ने सम्भावना बढी रहेको छ । यस किसिमको अनुमानमा कत्तिको विश्वास गर्न सकिन्छ भनेर मूल्यांकन गर्न कठिन भएके गोल्डम्यान सचले जनाएको छ ।
“अनुमान व्यापक रुपमा अनिश्चित देखिएको छ । उत्तम अनुमानको विधि लगाउदा पनि विजेता उच्च रुपमा अनिश्चित हुने गर्छ । किनकी फुटबल भनेको बिलकुल अनुमान गर्न नसकिने खेल हो । त्यसैले विश्व कप हेर्नका लागि उत्साहित खालको खेल हो,” गोल्डम्यानले जनाएको छ ।

सातामा धेरै पढिएको