कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५
529

नेपालको पहिलो खेलसम्बन्धी च्यानल एक्सन स्पोर्ट्से एचडीले देशभित्र र देश बाहिर भएका खेलहरूलाई समेट्दै हरेक नेपालीहरूको घरमा पुराउँदै आएको छ । भर्खरै सम्पन्न भएको फिफा विश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्सन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारासहित हाल भइरहेको साफ सुजुकी कप–२०१८ लाई पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ । एस साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाई निखारेको छ, जित्नै पर्ने अवस्थामा रहेको नेपालले बंगलादेश बिरुद्धको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै उसकै घरेलु मैदानमा २(० को जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण एसियाका ७ राष्ट्रहरू सहभागी यो प्रतियोगिता भदौ १९ देखि सुरु भई भदौ ३० सम्म चल्नेछ । प्रतियोगिताका सबै खेलहरू उक्त एक्सन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडी पिक्चर क्वालिटिमा हेर्न सकिनेछ ।
आफ्ना ग्राहकहरूको विश्वास र रुचिअनुसार भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरूलाई प्रत्यक्ष प्रसारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ । एचडी प्रविधि र क्लियर साउन्ड क्वालिटीमा प्रसारण गरिने खेलहरू ग्राहकहरूको पहिलो रोजाइमा परिरहेको कुरा पनि कम्पनीले जनाएको छ ।