कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
268

आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारको विरोधमा नेपाल वन्द आह्वान गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम आतंक फैलाएको छ । देशभर वन्दका क्रममा तोडफोड र आगजनीमा उत्रेको नेकपाले काठमाडौंका विभिन्न स्थानमा बम आतंक सिर्जना गर्दा आम नागरिकमा त्रास फैलिएको छ।
विप्लव समूहले मंगलबार विहानै उपत्यकाका केहि स्थानमा बम राखेको थियो ।त्यसमध्ये नैकाप ओरालो, धर्मस्थली, जमल, भक्तपुर-लोकन्थलीमा भेटिएका बम सुरक्षाकर्मीले निस्कृय पारिदिएका छन् । विश्वकर्मासहित ३ जना केन्द्रीय तहका नेता चन्दाअसुली अभियोगमा पक्राउ परेपछि विप्लव समुहले नेपाल वन्दसम्मको आन्दोलन तय गरेको थियो । यसअघि मसालजुलुस, चक्काजाम, कोणसभा गरेको नेकपाले नेता कार्यकर्ता रिहा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।