अनुदानको चामल बिक्री भएन, ब्यापारीको धमाधम बिक्री
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
314

मुगु-जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्घि भएर आएपछि ब्यापारीको चामल धमाधम बिक्री भएको छ भने जापानिज चामल नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको छ । अनुदानमा आएको खाद्यान्न पछिल्लो समय मूल्य वृद्घि भएर आएपछि खाद्य संस्थानबाट जापानिज चामल बिक्री नभएको हो । विगतमा प्रतिकेजी ४६ रुपैयाँ पर्ने चामल यतिबेला मूल्य वृद्घि भएर आएपछि प्रतिकिलो ६५ रुपैयाँ पर्छ । सदरमुकाम गमगढी बजारमा रहेका पसलमा भने धमाधम खाद्यान्न बिक्री भइरहेको छ । जापानिज चामलको मूल्य बढेर आएको हँुदा संस्थानको चामल लिन छोडेको रारा नगरपालिका–५ ढुम गाउँकी रिसिमकाला भियालले बताइन् । पछिल्लो समय गमगढी बजारमा यातायातको पहुँच पुगेकाले सुर्खेतबाट मुगुसम्मका लागि प्रतिकिलो चामलको ७ रुपैयाँदेखि १० रुपैयाँसम्म ढुवानी सस्तो हुँदा चामलको मूल्य सस्तिएको हो ।

सातामा धेरै पढिएको