मातृका दाहाल
बुधवार, भदौ २७, २०७५
3969

भारतीय पक्षको ध्यानाकर्षण गर्छौं : अध्यागमन विभाग

भारतको अध्यागमन विभागमा नेपालका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीमाथि दुव्र्यवहार भएको छ । स्वास्थ्य उपचारका क्रममा दिल्ली जाने क्रममा मल्लमाथि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले दुव्र्यवहार गरेका हुन् ।
मल्लले कारोबारसँगको कुराकानीमा भारतको अध्यागमन विभागले जारी गरेको नीतिअनुसार कागजात पेश गरेर बाहिरिन खोज्दा कर्मचारीबाटै दुव्र्यवहार भएको बताए । मंगलबार सवा १२ बजे जेट एयरको विमानबाट दिल्ली पुगेका मल्लले विमास्थलबाट बाहिरिने क्रममा भारतीय विभागको नियम अनुसार नेपालको निर्वाचन आयोगले जारी जारी गरेको फोटोसहितको मतदाता परिचयपत्र देखाएका थिए ।
तर अध्यागमनका कर्मचारीले ‘यस्तो कागजात यहाँ चल्दैन, राहदानी वा नागरिकता चाहिन्छ’ भनेर रोकेका थिए । नेपालको अध्यागमन विभागले पूर्व डीआईजी मल्लमाथि भएको दुव्र्यवहार र मतदाता परिचयपत्र अस्वीकार गरेको विषयमा भारतीय पक्षसँग कुरा राख्ने बताएको छ । “उहाँसँग गरिएको व्यवहार र मतदाता परिचयपत्रलाई अस्वीकार गरिएको विषयमा हामी भारतीय पक्षसँग कुरा उठाउँछौं,” अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, “नियममै भएको कुरा मान्दिन भन्ने त्यहाँको अध्यागमनले पनि पाउँदैन ।”
पूर्व वरिष्ठ सुरक्षा अधिकारीमाथि नै नियमअनुसार कागजात पेश गर्दा भारतीय पक्षबाट दुव्र्यवहार हुन्छ भने अन्य सर्वसाधारण नेपालीले त्यहाँको अध्यागमनका कर्मचारीबाट कस्तो व्यवहार भोग्नु परेकोछ भन्ने पनि यस घटनाले स्पष्ट पारिदिएको छ । तर मल्लले भारतीय अध्यागमनको नियम अनुसार आवागमन गर्दा नेपालीका लागि राहदानी, नागरिकता वा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र जुन भएपनि मान्यता दिएको बताएपछि झनै दोहोरो भनाभन भएको थियो । त्यसपछि मल्लले ‘आफूसँग नेपालको निर्वाचन आयोगबाट प्रमाणीत परिचयपत्र हुँदाहुँदै रोक्न नपाइने र रोकिए कानुनी उपचार खोज्ने चेतावनी दिएका थिए ।
त्यसपछि अध्यागमन कार्यालयमा रहेका ५/६ जना कर्मचारीको केहीबेर आन्तरिक बैठक नै बस्यो । त्यसपछि पनि मल्ललाई ‘हामीलाई नागरिकता वा राहदानी बाहेकका कागजातबाहक नेपालीलाई अध्यागमनबाट ओहोरदोहोर गर्न नदिनू भन्ने स्पष्ट आदेश छ भन्दै पहिलेकै अडानमा फर्किए ।
भारतले नेपालीका लागि आवागमन सम्वन्धि जारी गरेको ‘आइडेन्टीटी डकुमेन्ट्स रिक्वायर्ड फर नेप्लिज सिटिजन’ सम्वन्धि दफामा भनिएको छ, “नेपाली राहदानी, नेपाली नागरिकता परिचय प्रमाणपत्र, निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, भारतस्थित नेपाली राजदूतावास/नियोगले जारी गरेको फोटोसहितको प्रमाणपत्र र १० देखि १८ वर्ष उमेर समूहका नेपालीका लागि सम्बन्धित विद्यालयका प्रिन्सिपलले जारी गरेको परिचयपत्र आवश्यक पर्नेछ ।” मल्लले यही व्यवस्थाअनुसार आफू निर्वाचन आयोगको परिचयपत्र देखाएर जाने प्रयास गरेका थिए । तर स्वास्थ्योपचारका क्रममा गएका मल्ल भारतीय अध्यागमन अधिकृतको व्यवहारबाट आजित हुँदै आफूसँग भएको राहदानी दिएका थिए । त्यसपछि भने अध्यागमनले छाप हानेर उनलाई बाहिरिन अनुमति दिएको थियो ।

भारतले नेपालीका लागि आवागमनसम्बन्धी जारी गरेको ‘आइडेन्टीटी डकुमेन्ट्स रिक्वायर्ड फर नेप्लिज सिटिजन’मा भनिएको छ, “नेपाली राहदानी, नेपाली नागरिकता परिचय प्रमाणपत्र, निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, भारतस्थित नेपाली राजदूतावास÷नियोगले जारी गरेको फोटोसहितको प्रमाणपत्र र १० देखि १८ वर्ष उमेर समूहका नेपालीका लागि सम्बन्धित विद्यालयका प्रिन्सिपलले जारी गरेको परिचयपत्र आवश्यक पर्नेछ ।”

विमानस्थलबाट बाहिरिएपछि मल्लले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “निर्वाचन आयोगबाट जारी भएको मेरो मतदाता परिचयपत्र भारतको अध्यागमन विभागले अस्वीकार ग¥यो, जुन उसको अध्यागमन नियम विपरित पनि हो ।”
दुव्र्यवहारबारे करोबारसँगको कुराकानीमा उनले भारतीय अध्यागमन विभागले अन्य थुप्रै नेपालीलाई यसरी नै दुःख दिने गरेकोले नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या सुल्झाउनुपर्ने बताए । “भारतीय अध्यागमन कानुनमै राहदानी वा नेपाली नागरिकता बाहेकका कतिपय कागजातमा हवाई यात्रुले प्रवेश पाउने उल्लेख हुँदाहुँदै रोकिनु भने हेपाहा प्रवृत्ति हो, कानुनले दिएको अधिकार प्रयोग गर्न पाउनु पर्छ,” मल्लले भने, “यस विषयमा नेपालले भारतीय अध्यागमन विभागमा नेपालीले दैनिकजसो व्यहोर्नु परेको सास्तीबारे काउन्टरपार्टको ध्यानाकर्षण गराएर सम्बोधन गर्नुपर्छ ।”