कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५
152

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा कुमार कसुज श्रेष्ठ पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको संस्थाको २६ औं वार्षिक साधारणसभा तथा अधिवेसनले कसजुको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्षका प्रत्यासी कुमार कसजु श्रेष्ठले ८८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी रामजी तिमिल्सिनाले ४० मत प्राप्त गरेका थिए । बाँकी सबै पदमा सर्वसम्मत भए । वरिष्ठ उपाध्यक्षमा मीनबहादुर तामाङ, उपाध्यक्षमा शिवबहादुर खड्का, महासचिवमा विश्वमणी पोख्रेल, सचिवमा हिरामणी शर्मा र कोषाध्यक्षमा सिताराम पन्त सर्वसम्मत भएको निर्वाचन अधिकृत त्रिलोक बस्नेतले बताए । कार्यसमिति सदस्यहरुमा पनि पुरानै कार्यसमिति सर्वसम्मत भएका छन् । सर्वसम्मत सदस्यहरुमा महेन्द्रबहादुर सुवेदी, सुशील खड्का, राजु तामाङ, दिपेश भट्टराई, राजकृष्ण बजगाई, सिताराम लामिछाने र धनप्रसाद घिमिरे रहेका छन् । साधारणसभाको उद्घाटन प्रदेश तीनका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले गरेका थिए ।