रासस
शुक्रवार, कार्तिक २, २०७५

इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।

148
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

मुगु जिल्ला छायानाथ रारा नगरपालिका बडा नम्बर १३ रुगा गाँउमा रहेको १सय ३३ घर घुरी का दलित परीवार दशै खर्च जुटाउनको लागी हिजो आज बाबियाको कुचो र डोको बनाउन भ्याई नभ्याई भईरहेको छ ।

369
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

गौरीशंकर बालगृहमा आश्रित बालबालिकालाई एक व्यवसायीले दसैंका लागि आवश्यक लत्ता कपडा, खाद्यान्न र नगद सहयोग गरेका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका ८ का स्थायी घर भएका व्यवसायी गणेश खरेल र उनको परिवारले भीमेश्वर नगरपालिका वडा नं. ५ स्थित गौरीशंकर बालगृहमा आश्रित २४ जना बालबालिकालाई दसै मनाउन १ लाख रुपैंया नगद र र खाद्यन्न सहित नयाँ पोसाक सहयोग गरेका हुन् ।

115
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका बाँकेका ७ वटा छोटी भन्सार पुनस्र्थापना नहुँदा अवैध चोरी पैठारी बढेको उद्योगी व्यवसायीहरूले बताएका छन् । अवैध चारी पैठारी नियन्त्रणका लागि बन्द गरिएका छोटी भन्सारलाई तत्काल पुनस्र्थापना गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् । छोटी भन्सारको अभावका कारण जिल्लाका विभिन्न नाकाबाट राजस्व चुहावट गरेर दैनिक लाखौं मूल्यका सामान अवैध चोरी पैठारी भइरहेकाले नेपालगन्जको ब्यापार व्यवसायसमेत प्रभावत भएको स्थानीय व्यवसायी बताउँछन् ।

368
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गरौँ भन्ने मूल नाराका साथ जिल्लामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मेलमिलापको माध्यमबाट विवाद मिलाउँदा विवादित दुवै पक्षलाई जीत–जीतको महसुस हुने भएपछि स्थानीयको यसप्रति आकर्षण बढेको हो । वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना भएपछि धेरैजसो विवादहरु स्थानीय स्तरमै मिल्न थालेका छन् । जिल्लामा मेलमिलापकै माध्यमबाट १४ महिनाको अवधिमा १५ सयभन्दा बढी विवाद निरुपण गरेको छ ।

209
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा स्थापना गरिएको राजा यशोव्रम्ह शाहको शालिक अनावरण गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले १६ औं शताब्दीका राजा यशोव्रम्ह शाहको शालिक अनावरण गरेका हुन् ।

392
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै आँधीहुरीमा परेर ज्यान गुमाएका ९ जना पर्यटकहरुको शव आइतबार पोखरा ल्याइएको छ ।

307
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । त्यसअघि उनको शवलाई श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

392
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको शव भेटिएको हो ।

369
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र आर्थिक अनियमितता र भ्रष्टाचार हुने गरेको स्वीकार्दै यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानसेनापति थापाले सैनिक कामकारबाहीलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउनुका साथै आर्थिक अनियमितता नियन्त्रणमा कुनै कसरत बाँकी नराख्ने पनि स्पष्ट पारे ।

408
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ ।

2173
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख घूस लिँदै गर्दा पक्राउ परेका छन् । एक सेवाग्राहीलाई रकम नदिए सर्वोच्चमा जाने धम्की दिएका थापा बुधबार बिहान पौने नौ बजे कार्यालयबाट पाँच लाख रुपयाँ घूस रकमसहित रंगेहात समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

259
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

१३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार–हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको अभियोगमा नेपाल प्रहरीका थप २ जना कर्मचारी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सई हरसिंह धामी र प्रही जवान चाँदनी साउदलाई सोमबार निलम्बन गरेको हो ।

381
मातृका दाहाल
मंगलबार, आश्विन २३, २०७५

२०७५ वैशाख ५ गते सरस्वती युथ क्लवका पूर्वकप्तान दिपेश श्रेष्ठ पेशेवर चोरीको अभियोगमा काठमाडौं प्रहरीको फन्दामा परे । असार २३ गते डल्लुस्थित सोनी श्रेष्ठको घरबाट ३१ लाख नगद र २ थान मोबाइल सेट चोर्ने भारत (बिहार)का सुरज पोदार र करण पोदारलाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लियो ।

1114
मातृका दाहाल
सोमवार, आश्विन २२, २०७५

निर्मला पन्तको बलात्कार तथा हत्या काण्डमा थप दुई प्रहरीलाई निलम्वन गरिएको छ । सई हरसिंह धामी र अनुसन्धानमा संलग्न जवान चाँदनी साउदलाई निलम्वन गरिएको हो ।

683