कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
400

 यस साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २४३७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो ।
गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०२८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम  (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको कारोबार भएको छ
। जस अनुसार २४३७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो । गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०२८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम  (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।