रासस
शुक्रवार, चैत्र १, २०७५
246

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर १ हजार १५५.५० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।
कुल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता सेयर ४८ करोड ५८ लाख ७७ हजार ९ सय ३१ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका १० उपसमूहमध्ये बिहीबार उत्पादन उपसमूहको मात्रै सेयर घटेको छ । सो उपसमूहको सेयर ०.२३ बिन्दुले घट्दा बैंकिङ ४.५९, होटल ४०.०९, विकास बैंक २२.५४, जलविद्युत् ४.६७, वित्त ५.०५, निर्जीवन बिमा २२.०८, अन्य २.३, लघुवित्त २.११ र जीवन बिमा ५.३७ बिन्दुले बढेको छ ।

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका सेयरधनीले ९.८८, युनाइटेड फाइनान्स ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.३८, सिनर्जी पावर डेभलपमेन्ट ४.९५सानिमा इक्विटी फण्डका सेयरधनीले ४.९० प्रतिशतले कमाएका छन् । यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.१२, नेपाल हाइड्रो डेभलपर्स ४.३७, एनआइबीएल समृद्धि फण्ड ४.३०, सिझी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.७७ बिन्दुले कमाएका छन् ।
कारोबारका आधारमा बिहीबार नेसनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक सेयर २ करोड १० लाख ३ सय ४० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १ करोड ९४ लाख ६२ हजार २ सय ८१ रुपैयाँमा, नेसनल लाइफ इन्स्योरेन्स १ करोड ५७ लाख ६८ हजार ८ सय १ रुपैयाँमा, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको १ करोड ३६ लाख ६३ हजार ३ सय २० रुपैयाँमाबराबरको कारोबार भएको छ ।