कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

हिमालय ऊर्जा विकास कम्पनीले सर्वसाधारणतर्फको सेयर मंगलबार बाँडफाँड गरेको छ । रामेछाप र दोलखाको सीमानामा निर्माणाधीन १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हिमालय ऊर्जाले निष्कासन गरेको सर्वसाधारणतर्फको सेयर बाँडफाँड गरेको हो । ६९ हजार ६ सय ७० जना आवेदकले १० र २० कित्ता सेयर पाएको कम्पनीका सञ्चालक भीम न्यौपानेले जानकारी दिए ।

235
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

नेप्से परिसूचक मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोबारका रूपमा सोमबार उकालो लागेको बजार मंगलबार पनि २३.३३ बिन्दुले बढेर १ हजार २१२.०५ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार संख्या र रकममा समेत वृद्धि भएको छ । कुल १७० कम्पनीको २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँमा खरिद बिक्री भयो ।

277
कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारदेखि पाँच लाख रूपैयाँभन्दा माथिको कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि ठूला कारोबारमा कमी आएको छ ।

321
कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६

केसीएल अस्ट्यूटले बैंक कर्जामार्फत् पनि धितोपत्रको दोस्रो बजारमा लगानी गरिदिने मध्यस्तकर्ता (पोर्टफोलियो म्यानेजमेन्ट)को काम सुरु गरेको छ । अस्ट्यूटले सानो बचतलाई पनि सेयर बजारमा परिचालन गर्न उद्देश्यसहित कर्जा उपलब्ध गराएर लगानी व्यवस्थापन गरिदिने भएको हो ।

448
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

लगानीको सुनिश्चितता भइसकेको दुई आयोजनालाई समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’ मा समेटेर सोही नीतिअनुसार सेयर निष्कासन गर्ने भएको छ ।

595
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर १ हजार १८०.८६ विन्दुमा पुगेको छ ।

355
कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५

साताको पहिलो दिन आइतबार सेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

368
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनमै १.२५ गुणा बढी सेयर आवेदन परेको छ । बुधबारदेखि सेयर निष्कासन गरेको कम्पनीमा दुई दिनमै मागभन्दा बढी सेयर परेको र सेयरमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।

579
कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५

मंगलबार दोहोरो अंकको वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर १ हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।

415
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि कारोबार चाप बढेको छ । पहिलोको नेप्सेको अनलाइन प्रणालीबाट हुने कारोबारको तथ्यांकभन्दा लगानीकर्ताले नै चलाउने प्रणाली सुरु भए पनि कारोबार संख्या बढेको हो । लगानीकर्ताले प्रणाली नचलाउँदा साउनदेखि कात्तिक १९ गतेसम्मको अवधिमा कुनै एक दिन १० हजार पटकसम्म सेयर कारोबार हुँदै आएकोमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आएपछि १५ हजार पटकसम्म सेयर किनबेच भएको नेप्सेले जनाएको छ । लगानीकर्ताले अनलाइन चलाउन थालेपछि पहिलेको तुलनामा कारोबार संख्या ५० प्रतिशतले बढेको हो ।

519
कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

सेयर बजार बढ्ने क्रम साताको पहिलो दिन आइतबार थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।

352
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सिफरसमा नै धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबार गर्न स्वीकृति दिने भएको छ । यसअघि मार्जिङ कारोबारको कार सुरु गर्ने भनिएपनि धितोपत्र ब्रोकरलार्ई केन्द्रीय बैंकमा सिफारिस गर्ने विषय स्पष्ट नभएपनि अन्योल देखिएको हो । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेप्सेको सिफारिसमा धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबारको सुविधा दिने व्यवस्था गरेपछि काम पनि सुरु हुने भएको छ । कर्जा सम्बन्धी काम गर्ने भउकाले केन्द्रीय बैंकको अनुमती आवश्यक हुन्छ । तर, केन्द्रीय बैंकको अनुमती लिनका लागि कस्ले सिफारिसस गरीदिने भन्ने स्पष्ट हुन सकेको थिएन ।

456
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

बुधबार सेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि सेयर खरिद बिक्रीसमेत प्रभावित भएको छ । सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले साँझ ६ बजेसम्म सेयर कारोबार खुला गर्नु परेको हो ।

463
कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५

लगातार घट्दै आएको सेयर बजार सोमबार भने सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।

495
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

केही दिन सेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले सेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् । उनीहरूले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका छन् । “करिब पाँच महीनादेखि सेयर बजार ‘स्टेट प्रियड’ मा छ, बजार घट्ने वा बढ्ने भइरहन्छ तर आत्तिहाल्नुपर्ने अवस्था हुँदैन,” नेपाल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले बताए । उनले सेयर बजारको ‘वियरिस चरण’ र ‘स्टेट लाइन’ दुवै अन्त्य भएको उल्लेख गर्दै सेयर बजारको आफ्नै साइकिलिङ हुने बताए ।

769