कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५
384

भारतको ‘बेटी बचाओ बेटी पढाओ’ अभियानकी सदभावना राजदुत तथा रोटरियन सुनिता सिंहले आधारभुत शिक्षा र वातावरण संरक्षणको लागि गरेको ५ हजार किलोमिटर साईकल यात्रा नेपालको पशुपतिनाथ मन्दिरमा आएर पुरा गरेकी छिन ।
गुजरातको सोमनाथ मन्दिरबाट साइकल यात्रा शुरु गरेर सिंहले शनिबार काठमाडौ आएर अन्तय गरेकी हुन । उनले भारतदेखी नेपालसम्मको साईकल यात्राका क्रममा दुई देशका बिभिन्न ११ वटा रोटरी डिस्ष्ट्रिक पार गरेकी थिईन । यात्राका क्रममा उनले बृश्रारोपण र बालशिक्षा अभियानका विभिन्न क्षेत्रमा सहभागिता जनाउदै नेपाल प्रवेश गरेकी थिईन । रोटरी क्लबले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा साईकल यात्री सिहले वातावरण संरक्षणका बृक्षारोपण र बालबालिको शिक्षाका बारेमा सबै मिलेर काम गर्नु पर्ने बताईन । उनले यस अघि सगरमाथाको सफल आरोहण समेत गरिसकेकी छिन । शनिबार ‘वुमन इन रोटरी’ कार्यक्रमका आफनो अनुभन र लगनखेलको बटुक भैरवमा बृक्षारोपण समेत गरेकी थिईन । रोटरी डिस्ट्रिक नेपालले डिस्ट्रि प्mल्यगसिप परियोजना अन्र्तगत शिक्षक तालिम, इ लर्निङ, पौढ शिक्षा, बालविकास र हेप्पी स्कुल कार्यक्रम संचालन गरिरहेको छ । साइकलयात्री सिंहको यात्रामा काकडभिट्टादेखी काठमाडौसम्मका बिचमा रहेका रोटरी क्लबले सहयोग र सहकार्य गरेका थिए । रोटरी डिस्ट्रिक ३२९२ को तर्फबाट डिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराई र पुर्व साईकल यात्री सिह डिस्ट्रिक गर्भनर तिर्थमान शाक्यले सिहंलाई काठमाडौमा स्वागत गरेका थिए ।