अमृता राई
बिहिवार, जेठ १७, २०७५
1173

 कर्णाली प्रदेशको मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा पहिलोपटक बृहत् चित्रकला प्रदर्शनी गरिएको छ । कर्णाली आर्टस् सेन्टर मुगुको आयोजना र नेपाल ललितकला क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा मुगु जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक, स्थानीय कला, भेषभूषा, रितरिवाज झल्किने चित्रहरु राखिएको थियो । कर्णाली आर्टस् सेन्टरले यसअघि नाटकको रुपमा मुगुलाई र कर्णालीलाई चिनाउनको लागि काम गरिरहेको र अहिले त्यसैको निरन्तरतास्वरुप चित्रकला प्रदर्शनी गरिएको कर्णाली आर्टस् सेन्टरका अध्याय हिरा बुजील्ली नेपालीले बताए ।
नेपालको एकमात्र चित्रकला हस्तकलाको माध्यममा पढाइ हुने काठमाडांैमा रहेको ललितकला क्याम्पसमा कार्यरत प्राध्यापक कुशल हमाल मुगु जिल्लाकै छायानाथ रारा नगरपालिकाका हुन् । उनले जिल्लाका चित्रकला प्रदर्शनी गर्न पहल गरेका थिए ।