कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५
451

विवेश श्रेष्ठले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ को उपाधि जितेका छन् । प्रोस्टाइल सफ्ट एन्ड साइनी तेलको उत्पादक तथा बजार व्यवस्थापन कम्पनी डाबर नेपालले एलिस रिसेप्सन्समा आयोजना गरेको तथा कान्तिपुर एचडी च्यानलद्वारा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमकाबीच विजेताको घोषणा गरिएको कम्पनीले जनाएको छ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ डाबर नेपाल तथा ग्रुप अफ इभेन्ट एन्टरटेनर्स (जीईई)को सहकार्यमा आयोजना गरिएको हो ।
डाबर नेपालले विजेतालाई नगद १ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ । यसका साथै विजेताले इटालिका स्कुटर पनि प्राप्त गरेका छन् । विजेताले आगामी म्यानहन्ट इन्टरनेसनल २०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । डाबर नेपालका सेल्स तथा मार्केटिङका प्रमुख उपेन्द्र प्रधानले भने, “हामी म्यानहन्ट इन्टरनेसनल नेपाललाई अझ ठूलो र सुदृढ बनाउन आफ्नो सहयोग दिन पाउँदा हर्षित छौँ । प्रोस्टाइल पुरुषहरूका लागि प्रस्तुत गरिएको उत्पादन हो र यस कार्यक्रमको प्रमुख अंग बन्न पाउँदा हामीले नेपाली युवकहरूलाई भविष्यमा पनि यस्ता कार्यक्रमा सहभागी हुन प्रोत्साहन दिन पाएका छौं ।”