कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५
874

ओप्पोद्वारा लगातार दोस्रो संस्करणका लागि प्रायोजित नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्राञ्चाइज्ड टिभी रियालिटी शो ओपो नेपाल आइडलको अहिले गाला राउन्ड चलिरहेको छ । शोले भरखरै आफ्ना दर्शकलाई वाइल्ड कार्ड एन्ट्रीको घोषणा गरी चकित तुल्याएको छ । गत एपिसोडमा वाइल्डकार्ड एन्ट्रीका लागि छनोट भएका ६ प्रतिस्पर्धीको सांगीतिक प्रस्तुतिमार्फत भोटका लागि अपिल गरिएको थियो । वाइल्डकार्ड एन्ट्री पाएका ६ प्रतिस्पर्धीमध्ये सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले अब सिधै उत्कृष्ट १० मा प्रवेश पाउने छन् । उत्कृष्ट १० को घोषणा बिहीबारको एपिसोडमा घोषणा गरिनेछ ।
ओपो नेपाल आइडल सिजन–२ यूवाहरु र तिनमापनिविशेषगरी संगीत प्रेमीमाझअत्यधिकलोकप्रिय प्रमाणित भइरहेको छ । शोले समग्र कार्यक्रमको गुणस्तरको उत्कृष्टता (श्रब्य, दृष्य, सेट तथा लाइट डिजाइन लगायत समग्र प्रडक्शन गुणस्तर)का लागि नेपालीदर्शकबाट वाहवाहीपाइरहेको छ ।
‘कुनैपनिकार्यक्रमको प्रायोजन गर्दा ओपोको प्रमुख उद्देश्य देश र स्थानियजनताप्रति योगदानहुने गर्छ । नेपाल आइडलको प्रायोजन गर्दा हाम्रो मुख्य उद्देश्य नेपाललाई गायन क्षेत्रको नयाँप्रतिभादिनु रहेको थियो । साथै, आफ्नो कला र प्रतिभा देखाउने अवसरको प्रतिक्षामा रहेका स्थानियकलाकारलाई कलाजगतमा उडान भर्न सुनौलो प्ल्याटफर्म उपलब्ध गराउनुपनिहो ।’, ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने,‘उपभोक्तातथाओपो फ्यान्स मार्फत हामीले कार्यक्रमकालागिनिकै सकारात्मकप्रतिक्रियाप्राप्तगरिरहेका छौँ । साथै उहाँहरु संग सञ्चारका लागि समेत कार्यक्रमनिकै राम्रो माध्यमका रुपमा रहँदै आइरहेको छ । पछिल्लोका साथै यस संस्करणबाट समेत नेपालको संगीतजगतलाई नयाँतारा तथाप्रतिभाहरु पस्कने कार्यमाप्राप्त सफलताकालागिहामीनिकै सन्तुष्ट छौँ ।’