हरिश चन्द
शुक्रवार, भदौ २२, २०७५
512

डडेल्धुरा-गौरा पर्वको अवसर पारेर डडेल्धुरावासी डेउडा खेलमा झुमेका छन् । बिहीबारदेखि राष्ट्रिय गौरा महोत्सव २०७५ सुरु भएको छ । गौरा पर्वका अवसरमा खेलिने गौरा नाच, डेउडा, धुमारी, ठाडो खेलको संरक्षण र संवद्र्धनका लागि गोरा महोत्सवको आयोजना गरिएको हो ।
चार दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा गौरा पर्वको संस्कृतिको संरक्षणका साथै यस क्षेत्रको हराउँदै गएको संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरणका लागि गौरा महोत्सवको आयोजना प्रत्येक वर्षझंै यस वर्ष पनि गौरा महोत्सवको आयोजना गरिएको छ । गौरापर्वले संस्कृतिको संरक्षणका साथै मेलमिलाप सन्देश दिने प्रमुख जिल्ला अधिकारि मोहनराज जोशीले जानकारी दिए । सुदूरपश्मिको मुख्य चाडपर्व भएकोले देश विदेशबाट आउनेको लर्काे लागेको छ । वर्ष दिनको चाड भएकाले गौरा पर्वमा आफूभन्दा जेठाबाट बुरुडा थाप्ने चलन रहेको रोजगारीका लागि देश विदेशबाट आउने गर्दछन ।
महोत्सवमा सात नम्बर प्रदेशको जिल्लाका विभिन्न स्थानमा रहेको फरक संस्कृति र चालचलनलाई समेत उजागर गर्ने र प्रदर्शनी गर्ने आयोजक पक्षले जनाएको छ । महोत्सवमा गौरा पर्वका अवसरमा खेलिने पौराणिक खेलको संरक्षण गर्नुका साथै गौरा पर्वका अवसरमा खेलिने खेलसहित डेउडाप्रति युवाको आर्कषण बढाउनका लागि पनि गौरा पर्वको अवसरमा महोत्सवको आयोजना गरिने गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा डेउडा, धुमारी, गौरा नाचको प्रतियोगिता हुने भएको छ ।