कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नम्बर १, २ र ३ मा खेलिने परम्परागत होलीको संरक्षणका लागि डडेल्धुरा जिल्ला सदरमुकाममा होली कार्यक्रम आयोजना गरिएको छ । समय परिर्वतनसँगै युवाहरुले परम्परागत रुपमा खेलिने होली खेल्न छोड्दा संस्कृति हराउन थालेको भन्दै तीनवटै वडाका रुपाल, वोकटा, लामिकाडे गाउँका स्थानीयले होली कार्यक्रमको आयोजना गरेका हुन् ।

260
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड होली पर्वको अवसरमा पनि गन्तव्य बन्न सफल भएको छ । लेकसाइड क्षेत्रमा विदेशी पाहुनासँग सामूहिक रुपमा विभिन्न रंग लगाउँदै उनीहरुसँगै नाच्न पाउने भएपछि होली पर्वको दिन पनि लेकसाइडमा भीड लागेको हो ।

204
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

फागु पूर्णिमाको अवसरमा काठमाडौंस्थित होटल रोल्याण्डमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । स्पेक्ट्रम (वर्णपट)को आयोजनामा भएको होली विशेष कार्यशालामा नेपालका नाम चलेका चित्रकारहरुको सहभागिता थियो ।

193
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

यही चैत २३ गतेदेखि २०७६ वैशाख २४ गतेसम्म एक महिनासम्म बराहक्षेत्र चतराधाममा सञ्चालन हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी गराएको हो ।

232
मनोरञ्जन शर्मा
बिहिवार, चैत्र ७, २०७५

फागु पूर्णिमा (होली) तथा अन्य धार्मिक कार्यमा प्रयोग गरिने अबिर, केशरीलगायत वस्तुहरु स्वदेशमा उत्पादन नहुँदा आयात गरी चाडपर्व मनाउनुपर्ने बाध्यता छ । होलीमा प्रयोग हुने रंगहरू, अबिर, पिचकारीलगायतका सामग्रीहरूको उत्पादन नेपालनमा नहँुदा वार्षिक करोडौं रूपैयाँ बिदेसिने गरेको छ । सबै वस्तु भारतबाट आयात हुने गरेको छ ।

201
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु अर्थात् होली आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा बुधबार मनाइयो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।

238
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ ।

369
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण वाराही इँटा उद्योग तथा ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योगका संस्थापक अध्यक्ष एवम् समाजसेवी किसलाल महर्जनलाई सम्मान गरेकी छन् ।

432
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

मंगलसेन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार जरिवाना तिरे । सामाजिक रुपमा लज्जित भएपछि मदिरा सेवन गर्न छोडिदिएको हर्क बताउँछन् । कारबाहीमा पर्नुअघि दिनभर मदिरामा लठ्ठिहने हर्क दुई महिनायता घरायसी र बाह्य काममा समेत सक्रिय छन् । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन् ।

500
मेगराज खड्का
बिहिवार, फाल्गुन २३, २०७५

जीवनमा सफलता पाउन संघर्ष गर्नैपर्छ । परिश्रमको फल मिठो हुन्छ भनेर त्यसै भनिएको पनि होइन । यस्तै उक्तिको उदाहरण बनेका छन् रुकुमेली एक युवा रुकुम रावलबाराका २८ वर्षिय महेश रावल । उनी अहिले नेपालको प्रमुख पर्यटकीय स्थल पोखरामा जमेर व्यवसाय गरिरहेका छन् । उनी प्याराग्लाइडिङका पाइलट र अटो मार्केटिङ लगायतका अन्य व्यवसायहरूमा पनि छन् । सानो छँदा रुकुमका बजारहरूमा व्यापारीको सामान ओसार्ने भरिया बनेका रावल अहिले आफ्नै व्यवसायमा तीन दर्जन बढीलाई काम लगाएर रोजगारी समेत दिएका छन् ।

1822
अमरराज आचार्य
बिहिवार, फाल्गुन २३, २०७५

प्युठान सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा अहिले कुसुण्डा भाषा सिक्दैछिन् । लमही नगरपालिका वडा नं. ६ कुलमोडमा बसेर उनले कुसुण्डा भाषा सिक्न थालेकी हुन् ।

502
अनुपमा खनाल
बिहिवार, फाल्गुन १६, २०७५

बिहानैदेखि गाउँले चोखोनितो गरेर परम्परागत रुपमा मकैको बिहे गरे । धान नफल्ने र मकै नै मुख्य अन्नबाली भएकाले उनीहरुले बिहे गरेर मात्र मकै रोप्ने गर्छन् । मकैको बिहे गरेपछि मात्रै पाखोबारीमा मकै छर्ने बाटो खुलेको स्थानिय मार्सिङ गुरुङले जानकारी दिए । “मकैको बिहे नगरी बारीमा छर्न हुँदैन,” उनले भने, “हाम्रा पुर्खाले चलाएको चलन हो । मकैको बिहे नगरी मकै छर्दा घोगामा दाना लाग्दैन । घोगा लागे पनि पुड्के हुन्छ ।” परापूर्वकालदेखि चलेको चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको उनले बताए ।

541
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

कला–साहित्य उत्सवको चौथो संस्करण फागुन १८ देखि २० गतेसम्म हुने भएको छ । साहित्यिक अध्ययन, साहित्यिक कर्म गरिरहेकाहरुबीच विभिन्न विषयमा बहस र चर्चा गर्र्ने उद्देश्यले उक्त संस्करणको आयोजना गरिएको हो ।

555
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

428
सागर परियार
बिहिवार, फाल्गुन १६, २०७५

पाँच दशकपहिले जुम्ला तातोपानी–२ का सार्के दमाई पञ्चेबाजाका नाइके थिए । पञ्चेबाजा बजाउँदा अघि लाग्ने, सिकाउने भएकाले उनलाई सबैले नाइके भन्थे । कर्णालीको रितिरिवाज, परम्परा, पूजापाठअनुसारको विभिन्न थरिका बाजा छन् । उतिबेला संस्कृति जगेर्नाका साथै दमाई समुदायको जीवन निर्वाहका लागि गरिने पुख्र्यौली पेशा पञ्चेबाजा उमेरले पाका सार्के दमाईको उमेर ढल्किँदै जाँदा आफ्ना जेठा छोरा धनविर दमाईलाई उनले बाजाका नाइके बनाएका थिए ।

404