सरस्वती ढकाल
बिहिवार, मंसिर २७, २०७५
753

सृजना थापा
अध्यक्ष, फोटो कन्सर्न प्रालि
नेपालमा व्यावसायिक फोटोग्राफीको इतिहास त्यति लामो छैन । नेगेटिभबाट डिजिटल प्रविधिमा गएपछि धेरै नै सजिलो भएको छ र काम गर्ने तरिका, प्रविधिसमेत फेरिएको छ । तर, यसको विगत फर्केर हेर्ने हो भने निकै संघर्षपूर्ण थियो । २०१७ सालमा काठमाडौंको न्युरोडमा स्थापना भएको फोटो कन्सर्नलाई भने व्यावसायिक फोटोग्राफीको पायोनियर मान्ने गरिन्छ । पुरानो प्रविधिमा ठूलो लगानी गरेर खुलेको फोटो कन्सर्नले समयसँगै आफूलाई रूपान्तरण गरेर अघि बढ्दा आज पनि उत्तिकै सफल मानिएको छ । पहिलेको तुलनामा स्टुडियोमै गएर फोटो खिच्नेको संख्यामा केही कमी आए पनि व्यवसायलाई विविधीकरण गरेकै कारण फोटो कन्सर्न अहिलेको प्रतिस्पर्धी अवस्थामा पनि पहिचान जोगाउन सफल छ । फोटो कन्सर्नका संस्थापक डीबी थापाको निधनपछि यसको नेतृत्व गरिरहेकी सृजना थापा प्रविधिको जस्तोसुकै विकास भए पनि फोटोग्राफीको महŒवमा कहिल्यै कमी नआउने बताउँछिन् । फोटो कन्सर्नप्रतिको विश्वसनीयताकै कारण कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताउने उनी अघिल्लो पुस्ताले नेपालको फोटोग्राफी इतिहासको परिभाषा बदलेको स्मरण गर्दै यसलाई अब थप परिष्कृत र विश्वस्तरीय बनाउने अभियानमा छिन् । हजुरबुवा डीबीले फोटो कन्सर्न हाँक्न सक्ने क्षमता ती नातिनीमा देखे जसले उनको जीवन र पछि पनि आत्मालाई खुसी दियो । उनै फोटो कन्सर्नकी अध्यक्ष थापासँग नेपालमा फोटोग्राफीको विगतको स्वर्णिम युगको अनुभवदेखि अहिलेको प्रतिस्पर्धी अवस्थासम्ममा थपिएका चुनौतीलगायतका आगामी यात्राका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

प्रविधिको विकाससँगै फोटोग्राफीको परिभाषा पनि बदलिएको छ । बदलिएको प्रविधि अनि परिभाषासँगै फोटो कन्सर्न पनि कसरी रुपान्तरण गर्दै अघि बढेको छ ?
हो, प्रविधिको विकासले सबै कुरा सहज बनाएको छ । प्रविधिको विकासलाई सबैले आत्मसाथ गर्नु नै पर्छ । फोटो कन्सर्न नयाँ परिवर्तनबाट कहिल्यै पछाडि रहेन । नेपालमा डिजिटल प्रविधि ढिला नै आएको हो । विदेशमा प्रविधिको विकास छिटो भए पनि नेपालमा भने ढिला केही नै आउँछ । हामीले २००९ तिर नै डिजिटल प्रविधि नेपालमा ल्याएका थियौँ । त्यतिबेला धेरै लगानी पनि गरेका थियौँ । धेरै ठूलो लगानी थियो, ‘सर्भाइभ’ हुन सकिन्छ कि सकिन्न भन्ने त्यतिबेला थियो, तर अहिले लाग्छ यदि त्यो प्रविधि त्यतिवेला नभित्र्याएको भए हामी अहिलेको अवस्थामा आउन सक्ने थिएनौं । आजसम्म पनि हामी ‘पायानियर’ नै भएर बसेका छौँ । फोटो कन्सर्न अहिले पनि फोटोग्राफी क्षेत्रका लागि ‘फादर फिगर’ जस्तै गरी बसेको छ ।

त्यतिवेला डिजिटल प्रविधि नभित्रिएको भए समग्र फोटोग्राफी उद्योगलाई अप्ठेरो पथ्र्याे । प्रविधिको विकास र परिवर्तनलाई हामीले राम्रोसँग आत्मसात गरेका थियौं ।

आज पनि यतिधेरै ल्याब छन्, यदि त्यो बेला हामीले डिजिटल प्रविधि नल्याएको भए हामीलाई मात्र नभएर समग्र फोटोग्राफी क्षेत्र नै एक पाइला पछाडि हुथ्यो ।

फोटो कन्सर्न भन्नेबित्तिकै विगतमा अरूभन्दा गुणस्तरीय फोटोको पहिचान थियो, त्यो गुणस्तर आज पनि कायम छ ?
हामी हिजो र आज फोटाको गुणस्तरमा फोकस थियौँ र भोलिका दिनमा पनि गुणस्तर पहिलो प्राथमिकता हो । ग्राहकबाट केही गुनासा पनि आउँछन् तर त्यसलाई उचित सम्बोधन गर्नुपर्छ । हामीले गुणस्तरीय सेवा दिएकै कारण फोटो कन्सर्नमा निरन्तर रूपमा सेवाग्राही आउनुभएको हो भन्ने मलाई लाग्छ । फोटो बनाउने काममा केमिकलको प्रयोग हुन्छ । हामी १५ दिनमा केमिकल चेन्ज गथ्र्यौं, तर अरू ल्याबले महिना दिन तथा डेढ महिना पनि राख्ने गथ्र्याे । गुणस्तरीय फोटोग्राफीका लागि स्टाफदेखि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नुपर्छ । ग्राहकले चाहेअनुसारको सेवा दिन समयअनुसार परिवर्तन हुँदै आएका र्छाैं । ग्राहकले हाम्रो फोटोग्राफी मन पराउनु नै हामी सफल हुनु हो ।

नेपालको फोटोग्राफी इतिहासमा फोटो कन्सर्नलाई आम सेवाग्राहीले कसरी सम्झेको पाउनुहुन्छ ?
फोटो कन्सर्नमा धेरै पुराना ग्राहकहरू पनि अहिले सम्झेर आउनुभएको छ । मेरा उमेरमा मानिसहरूका हजुरबुबा–हजुरआमाको फोटोहरू हामीकहाँ हुन्छ त्यहीं फोटो लिन आउनुहुन्छ । अब फोटो कन्सर्न एउटा फ्यामिली नेम भएको छ । हामीसँग अहिले १० लाखभन्दा धेरै नेगभिट मात्रै छन् । यो हाम्रो सम्पत्ति हो । एउटा नम्बर भयो भने ५० वर्ष भन्दा पुरानो फोटो पनि हामी दिन्छौँ । फोटो कन्सर्नले सन् १९६० देखिका नेगेटिभहरूलाई सुरक्षित गरेर राखेको छ । हामीले ब्रान्डिङमा खासै जोड दिएनौँ । एउटा ग्राहकले अर्काेलाई भन्ने अर्काेले फेरि अर्काेलाई भन्ने ‘माउथ टु माउथ’ प्रचारबाट सेवाग्राही बढेका हुन् । यो सबै हुनुमा हामीले दिएको फोटाग्राफीको गुणस्तर नै हो । हजुरबुवाले जसरी फोटोग्राफीमा पायोनियर भएर स्थापित हुनुभयो अब त्यो साख मैले जोगाउँदै नयाँ तरिकाले अगाडी बढ्नु छ ।

हिजोआज मोबाइल फोटोग्राफी निकै फस्टाएको छ । यसलाई कसरी लिनुहुन्छ ?
हो, मोबाइलले आममानिसको जीवनलाई सहज बनाएको छ । त्यसैगरी फोटोका पारखीहरूलाई पनि मोबाइल निकै उपयोगी भएको छ । यस विषयमा फोटोग्राफी संघदेखि धेरै ल्याबहरूसँग छलफल भएको छ । फोटोग्राफी व्यवसाय ‘सस्टेन’ गर्नुपर्छ मरेर जान दिनुहुन्न भनेर हामीले छलफल गर्दै आएका छौं । फोटोग्राफी मरेर जाँदैन पनि । अहिले क्यामरा किन्ने भनेको कि त व्यवसायिक हुनुपर्यो होइन भने सोख हुनेले मात्रै हो । फोटो खिचेर फेसवुकमा राख्नपर्ने हो वा केको लागि खिचेको हो त्यतिमै समित हुने गरेको अहिलेको अवस्था छ । हामीले फ्यामिली फोटोलाई निकै मान्यता दिन्छौं । अहिले पनि ‘कन्भोकेसन’को फोटो स्टुडियोमै गएर खिचाऊँ भन्ने प्रचलन छ । प्रिन्ट गरेर घरमा राख्ने प्रचलन अहिले पनि घटेको छैन । जबकि पहिले ३६ वटा नै नेगेटिभ पिन्ट हुन्थ्यो तर अहिले छानेर फोटो प्रिन्ट हुन्छ फरक यति हो । कनै नयाँ ठाउँमा घुम्न गइन्छ भने मोबाइलमा धेरै फोटो खिचिन्छ ।

सबै फोटो धुलाइन्न तर छानेर राम्रो राम्रो खालको फोटो अहिले पनि धुलाइन्छ । प्रिन्ट सकिएर जान्छ भन्ने मैले मान्दिन ।

बीचमा प्रिन्ट हराएर गएको पनि थियो तर फेरि प्रिन्ट बढ्न थालेको छ । पहिला ३६ मा ३६ वटा नै प्रिन्ट हुन्थ्यो भने अहिले २ सय खिचेकोमा ३०/४० वटा प्रिन्ट हुन्छ । प्रिन्टिङ अब फोटो मात्रै होइन अब नयाँ फर्महरू पनि आइसकेको छ ।

कस्तो फर्म ?
मग प्रिन्टिङ, टिसर्ट प्रिन्टिङ, सिल्क प्रिन्टिङ, आर्ट पेपर प्रिन्टिङ हुन्छ । फोटो एल्बम, फोटो बुक प्रिन्ट गर्ने प्रचलन बढ्दै गएको छ ।

फोटोग्राफी पेसाका चुनौती केके हुन् ? यहाँलाई अहिले पनि फोटो कन्सर्न मार्केट लिडर नै हो जस्तो लाग्छ ?
नेपालको बजार नै आफंैमा सानो बजार हो । नयाँ प्रविधि भित्र्याउन वा भनौं नयाँ काम गर्न हामी नै अगाडि छौँ । न्युरोडमा पहिले धेरै ल्याब थिए, अहिले सबै ल्याब हराइसकेका छन् । अहिले फोटो कन्सर्नमात्रै ‘सस्टेन’ गरेको छ । हामी नयाँ कुरालाई ‘एडप्ट’ गर्छौं । नेपालका सबै ल्याबले महँगा मेसिन ल्याउन पनि सक्दैनन् । त्यसैले हामीले सबै ल्याबलाई बोलाएर नयाँ प्रविधि र विकासका बारेमा छलफल गछौं । यस्तो मेसिन ल्याउँदैछौं भनेर सल्लाह गर्छौं ।

पहिले फोटो बुक प्रिन्ट गर्ने प्रचलन नेपालमा थिएन । भारतमा लगेर प्रिन्ट गरिन्थ्यो । अहिले यी सबै काम नेपालमै हुन्छ ।

अहिले यो मेसिन हामीसँग मात्रै छ । डिलर्सका लागि मात्रै एउटा फ्लोर छ । हामीले उहाँहरूका लागि प्रिन्ट गरिदिन्छौँ । उहाँहरूलाई अहिले भारतसम्म पुगेर प्रिन्ट गर्नु पर्दैन । हामीले पायोनियरका रूपमा यी सेवाहरू दिएका छौँ । नेपालमा सबै सुविधा दिन पनि बजार लिडर हुनुपर्छ । मग प्रिन्टका लागि सबैलाई मेसिन पनि वितरण गर्छाैं । यीलगायत ल्याब तथा स्टुडियोलाई आवश्यक सुविधा पनि दिँदै आएका छौँ ।

जतिबेला फोटो कन्सर्न भनेपछि देशभरका मान्छे काठमाडौं आइपुगेको बेला फोटो खिचाउन आइपुग्थे । ती दिनहरू फर्केर हेर्दा कस्तो लाग्छ ?

पहिले कन्भोकेसन हुँदा स्टुडियोदेखिको लाइन बाटोसम्म पुग्थ्यो । हामी राति १० बजेसम्म काम गथ्र्याैं ।

काठमाडौँबाहिरबाट आउनेहरूलाई जतिसक्यो छिटो फोटो दिन पायो भने उहाँहरू घर फर्किन पाउनुहुथ्यो । अहिले पनि कन्भोकेसनमा आउनुहुन्छ, फोटो खिच्नुहुन्छ र उहाँहरूसँगै आउने आमाबुवाले हाम्रो कन्भोकेसनका बेला पनि यहीँ फोटो खिचेको हो भन्नुहुन्छ । ट्रेन्ड कम भयो तर कन्भोकेसनको बेला फोटो कन्सर्नमा छुट्टै रमाइलो हुन्छ ।

पुरानो प्रविधिलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न कतिको गाह्रो भयो ?
मैले एनालग प्रविधि पनि राम्रोसँग बुझेको छु । एनालगबाट डिजिटलमा रूपान्तरण भएको अवस्थालाई मैले मेरो नै आँखाले हेर्न पाएँ । मैले ‘अप डाउन’ सबै देखेको छु । सुरुमा मालिकको नातिनी भएर आउँदा ‘एक्स्पटेन्स’ पाउन निकै कठिन भयो । सबै हजुरवुबाको पालामा काम गरेका सिनियरहरू हुनुहथ्यो । मलाई बच्चामा देख्नुभएका स्टाफहरूले एकैपटक हाकिम भनेर स्वीकार गर्न पनि कठिन भयो । स्टाफहरूबीच भिज्न पनि मलाई समय लाग्यो । १ सय ८० जनालाई डाउनसाइज गर्ने जिम्मा मेरो भागमा थियो । व्यवसाय कम हुँदै गयो, स्टाफहरू धेरै भए । डाउनसाइजिङ गर्ने बेलामा निकै कठिन भएको हो । काम गरिरहेको व्यक्तिलाई छोड भन्न पनि गाह्रो काममा लगाइरहन बिजनेस घट्दै गएको थियो । हजुरबुवाले राखेको मान्छे म आएर हटाउँदा निकै चुनौती महसुस भयो नै । एउटा काम गर्न तीन जना लगाउने भन्दा पनि एउटा व्यक्तिलाई राम्रो सेवा सुविधा दिएर उच्च स्तरको काम लगाउने थियो ।

अर्काे चुनौती स्टाफलाई म्यानेज गर्न निकै कठिन काम हो । जसरी चलेको छ, त्यसमा केही परिवर्तन ल्याउन धेरै आरोह–अवरोह आउँछन् ।

नेगेटिभमा काम गरेको मान्छेलाई एकैपटक डिजिटलमा जान सजिलो काम होइन । त्यसैलै हामीले ‘अल्टरनेट’ राखेर काम गरेका थिर्याैं । पुरा प्रक्रिया परिवर्तन गर्न १५ वर्ष लाग्यो । निकै चुनौतीका बीच काम सम्पन्न गरियो । त्यसैको देनका रूपमा अहिले फोटो कन्सर्न ‘सस्टेन’ भएको छ । धेरैले बन्द गरे । जति ल्याबले समयसँगै परिवर्तन हुन सके तिनीहरू नै सस्टेन भएर बसेका छन्. । चुनौतीसँग अवसरका पनि हुन्छन् भन्ने मलाइ लाग्छ । त्यो बेला कतिपय स्टाफलाई कम्प्युटरसमेत चलाउन आउँदैनथ्यो । पहिला हातले वाटरकलरले फिलिसिङ गरिन्थ्यो । अब सबै मसिनबाट काम हुन्छ । एनालगमा विशेषज्ञ भएकालाई पनि परिवर्तन हुन कठिन महसुस गरे । यति हुँदाहुँदै पनि हामीले धेरैलाई ‘गोल्डेन हेन्डसेक’बाट बिदा गरेका छौं ।

तपाईं यस क्षेत्रमा बाल्यकालदेखि नै संलग्न हुनुुहुन्छ, एउटा राम्रो फोटोको परिभाषा कसरी गर्नुहुन्छ ? एउटा फोटो राम्रो हुन केके कुरा मिलेको हुनुपर्छ ?
सबै कुराको एकपटक समय आउँछ । फोटोमा पनि त्यस्तै हो । पहिले फोटो बनाउन निकै आकर्षण थियो, पछि कम हुँदै गयो । अब फोटो चार्म अझै बढ्छ । फोटो भनेको एउटा मेमेरी हो । मेरो पनि बक्सभर फोटो छ । मलाई पनि फोटो बनाएर राख्न मन पर्छ । हामी कतिले आफ्नै मोबाइलको ग्यालरीसमेत हेरेका छैनौं । फोटोले मानिसको एउटा इतिहास बनाउँछ । अब फोटो व्यवसाय अझै बढ्छ । हार्डड्राइभ रिकभरी गर्न आउनेको संख्या बढ्दो छ । हामीले फोटो रिकभरी गर्न मात्रै एउटा डिपार्टमेन्ट राखेका छौँ ।

सबै कुरामा अप पछि डाउनको अवस्था आएजस्तै फोटो व्यवसाय नयाँ तरिकाले अगाडि बढ्छ । प्रविधिको विकाससँगै आफूलाई अगाडि बढाउनेहरू अबका दिनमा सफल हुन्छन् ।

फोटोग्राफी पेसा अपनाउनेहरूका लागि नेपालमा भविष्य कस्तो देख्नुहुन्छ ?
अहिले पनि धेरै मानिस ल्याब खोल्न भन्दै हामीकहाँ सल्लाह लिन आउनुहुन्छ । हाम्रो प्रमुख कार्यकारी अधिकृत दिनेशजी झन्डै ३० वर्ष यस व्यवसायसँग अनुभवी हुनुहुन्छ । उहाँले फोटोग्राफीमा पिएचडी पनि गर्नुभएको छ । उहाँ र हामी बसेर अहिले पनि ल्याब खोल्छु भनेर आउनेहरूलाई डुब्न नदिन प्याकेज पनि बनाएका छौँ । उहाँहरूले फोटो कन्सर्नले न्युरोडमा त सस्टेन गरेर बसेको छ भन्दै हामीलाई उदाहरणका रुपमा लिएर आउनेका संख्या धेरै छ । नयाँ आउनेलाई फोटो व्यवसाय गर्न आवश्यक जानकारी, मेसिनदेखि सेटअपसमेत हामीले गरिदिन्छौँ । फोटोको भविष्य अहिले पनि राम्रो छ ।

फोटो कन्सर्नले विभिन्न प्रतियोगिता तथा कार्यक्रममा पनि सहभागिता जनाइरहेको छ । सामाजिक काममा अग्रसर हुन केले प्रेरणा गरेको छ ?
समाजिक सेवामा अरूले जति गर्नुभएको छ मैले त्यसरी गर्न सकेको छैन । मलाई सामाजिक कार्यकर्ता हो भन्ने पनि लाग्दैन । मलाई मन परेको कुरा जे मेरो मनले सही देखेको हुन्छ, त्यसमा मैले सहयोग गर्छु । मेरा ५० जना स्टाफ हुनुहुन्छ उहाँहरूलाई परेको बेला मैले सकेको गुर्नपर्छ । उहाँहरूलाई मैले सहज एक्सेस दिन्छु । आफ्नो मान्छेलाई पहिले गर्नुपर्छ र यो मेरो कर्तव्य हो । सामाजिक काममा हामीले क्यान्सर रिलिफ सोसाइटीमा हामीले सहयोग गरेका थियौँ ।