भगवान खनाल
बुधवार, मंसिर २६, २०७५

मुलुकको आवश्यकता, समयको माग र जनताको अपेक्षा शासकीय सुधारको रहेकाले सरकार, निजामती कर्मचारी र नागरिकको सहकार्यको विकल्प नरहेको बताउने पुष्यप्रसाद न्यौपाने नेपाल सरकारका पूर्वसचिव हुन् । काविल प्रशासक न्यौपाने ८ वर्षयता नेपालको निजामती कर्मचारीलाई तालिम प्रदान गर्ने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । उनी दोस्रो कार्यअवधिका लागि कार्यरत छन् । ३० वर्ष निजामती सेवामा बिताएका न्यौपाने निजामती कर्मचारीसँग काम गर्ने औसत क्षमता रहेको बताउँछन् । उनी सबै खराब, सबै राम्रा भन्ने होइन, औसत क्षमताका कर्मचारीको संख्या अधिक रहेको बताउँछन् ।

108
लक्ष्मी सापकोटा
मंगलबार, मंसिर २५, २०७५

काठमाडौंमा जन्मेका शरदविक्रम राणाले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । स्वदेश र विदेशबाट कम्प्युटरका विशेष प्रकारका तालिम लिएका राणाले संयुक्त राष्ट्रसंघको युनिडो भन्ने संस्थामा १९८७ देखि १९९३ सम्म आबद्ध रहेर काम गरेका थिए । युनिडोमा उनले गुणस्तर तथा नापतौल विभागको क्षमता वृद्धि र ल्याब्रोटरीसम्बन्धी काम गरेका थिए ।

307
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

अहिलेको तरलता समस्याको मुख्य कारक सरकार नै हो । किनकी कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार सरकारी ढुकुटीमा ३०८ अर्ब ७४ करोड नगद मौज्दात थुप्रिएर बसेको छ । नेपाल राष्ट्र बैंकले दुई महिनाअघिको मात्र तथ्यांक जारी गर्ने भएकाले पछिल्लो डेढ महिनामा यो अझ वृद्धि भएको अनुमान गरिएको छ ।

497
कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

मुलुकमा अहिले दुईतिहाइ बहुमतको सरकार छ, जसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले सधैं उच्चारण गर्ने शब्द हो, ‘विकास, समृद्धि र सुशासन ।’ ओली प्रधानमन्त्री भएको ९ महिना बितिसकेको छ । तर, उनै ओलीले सधैं रट्दै आएको विकास, समृद्धि र सुशासनको अनूभूति जनताले गर्न सकेका छैनन् । जनअपेक्षाअनुसारको काम गर्न सरकार चुकेको विश्लेषण भइरहेको छ ।

383
प्रगति ढकाल
शुक्रवार, मंसिर २१, २०७५

पछिल्लो समय औद्योगीकरणको विकाससँगै वायुमण्डलमा हरितगृह ग्यास, कार्बनडाअक्साइड तथा नाइट्रोजनजस्ता ग्यासको मात्रा बढ्न थाल्यो । फलस्वरूप भएको जलवायु परिवर्तनका कारण पृथ्वीमा ताक्रमको मात्रा पनि बढ्दै जान थाल्यो ।

325
केदार दाहाल
बिहिवार, मंसिर २०, २०७५

विगतमा संसदको विकास समितिको सभापति बनेर मुलुकका सबै विकासलाई नजिकबाट नियालेका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । राष्ट्रिय गौरवका पाँचवटा आयोजना सञ्चालनको जिम्मासमेत पर्यटन मन्त्रालयमै रहेको छ ।

521
भीम गौतम
बुधवार, मंसिर १९, २०७५

औशानी मेधागंगोडा लाबे संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की डेपुटी कन्ट्री डाइरेक्टर हुन् । अनुसन्धानका क्षेत्रमा १५ वर्षे अनुभव रहेको लाबेले श्रीलंकाको शिक्षा मन्त्रालयका साथै बेल्गेन एड एजेन्सी, हेलन केलर इन्टरनेसनललगायतमा काम गरेको अनुभव पनि छ । युरोपियन युनियनमा समेत काम गरिसकेकी उनले यूएनडीपीको देशीय आवासीय प्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन् ।

392
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

दुईतिहाई बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको शक्तिशाली सरकार यतिबेला चालू आर्थिक वर्षका लागि ल्याएको १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँको संघीय बजेट कार्यान्वयन गर्ने क्रममा छ । ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्ष सुरु भएको पहिलो साढे चार महिना नाघ्दा विकास खर्च जम्मा १० प्रतिशत मात्र गरेको छ ।

480
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

साना किसान विकासबाट सुरु भएको लघुवित्तमा लाखौं सर्वसाधारण आबद्ध छन् । बैंक तथा वित्तीय संस्थाका अतिरिक्त सहकारी र गैरसरकारी संस्थाहरूले समेत लघुवित्त सेवा उपलब्ध गराउँदै आएका छन् । बैंकको पहुँचमा पुग्न नसक्ने गरिब तथा विपन्न वर्गलाई समूहमा आबद्ध गराई उनीहरूलाई ऋणलगायतका सहयोग गर्दै आर्थिक तथा सामाजिक सशक्तीकरण गराउने कार्यक्रम पछिल्लो समयमा आलोचित हुँदै आएको छ ।

770
जगन्नाथ दुलाल
आइतवार, मंसिर १६, २०७५

नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन्, चन्द्र भण्डारी । विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय समिति र गुल्मीबाट निर्वाचित हुँदै सांसदको भूमिका निर्वाह गरिसकेका उनले अघिल्लो महिना ‘राष्ट्र, राज्य निर्माण प्रक्रियामा विश्वव्यापीकरणको प्रभाव’ विषयमा विधावारिधी गरेका छन् ।

2208
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

कर्णाली प्रदेश सरकारले गत मंगलबार ६ सदस्यीय प्रदेश नीति तथा योजना आयोग गठन गरेको छ । जसमा उपाध्यक्ष नियुक्त भएका छन्, दैलेखका डा. पुण्यप्रसाद रेग्मी । चितवनको रामपुर क्याम्पसमा ३० वर्ष कृषि तथा अर्थशास्त्र विषयको प्राध्यापन गरेका उनले योजना र विकासमा पिएचडी गरेका छन् ।

752
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

सरकारले मंगलबारबाट देशभर लागू हुने गरी ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरे । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई कामका अवधिमा सुरक्षाका साथै अवकाशपछि पनि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको ल्याएको जनाएको छ ।

550
कुबेर चालिसे
बिहिवार, मंसिर १३, २०७५

आफूलाई नेपालको ‘ज्वाइँ साहब’ को रुपमा परिचित गराउने गुरुचरण दास अघिल्लो शनिबार काठमाडौंमा बुकवर्म फाउन्डेसनको आयोजनामा हुन गइरहेको ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८‘ को कर्टेन रेजर कार्यक्रममा झुल्किए । उनले मानव जीवनका चार पुरुषार्थ मानिएका धर्म, अर्थ, काम, मोक्षमध्ये पहिलो दुइ विषयमा किताब लेखिसकेका छन् । आफनो पहिलो किताब ‘इन्डिया अनबाउन्ड’मा भौतिक समृद्धिको विषय उठान गरेका थिए भने दोस्रो किताब ‘द डिफिकल्टी अफ बिइङ गुड’मा ब्यक्ति तथा देशको धर्म तथा नैतिक जीवनको चर्चा गरेका दिए ।

435
भीम गौतम
बुधवार, मंसिर १२, २०७५

किरण गौतम, नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष हुन् । पछिल्लो समयमा विश्वमै हरित ऊर्जाको रूपमा लिइने सौर्य ऊर्जाको विकास गर्ने प्रचलन बढ्दो छ भने लागत पनि सस्तो हुँदै गएको छ ।

626
किरण आचार्य
मंगलबार, मंसिर ११, २०७५