एजेन्सी
आइतवार, जेठ २०, २०७५
1572

बर्लिन- जर्मनीको ल्यूनबाख चिडियाखानाबाट अचम्म लाग्दो खबर सामुन्ने आएको छ । प्रहरीका अनुसार पश्चिमी जर्मनी स्थित एक चिडियाखानाबाट दुईवटा सिंह, दुई बाघ र एउटा चितुवा बार हटाएर भागेका छन् । यो घटनापछि प्रहरीले चेतावनी जारी गरेको छ भने स्थानिय प्रशासनले पनि मानिसलिाई घरमै बस्नका लागि सल्लाह दिएको छ । यसका साथसाथै हिंस्रक जनावर देखिएमा प्रहरीलाई तुरुन्त सूचना दिनका लागि आग्रह गरिएको छ ।
ल्यूनबाखको रुएम सहरको एफिल नामम चिडियाखानाबाट यी जनावरहरु भागेका हुन् । जर्मनीको सञ्चार माध्यका अनुसार याहाँ रातभर परेको पानी तथा तूफानपछि बाढी आएको जनाएका छन् । यस किसिमको घटना लगत्तै जनावर चिडियाखानाबाट बाहिर निक्लन सफल भएका हुन् । जर्मनी मिडियाका अनुसार सुरुमा भालू भागेको थियो । तर भालूलाई फेला पारे लगत्तै प्रहरीले गोली हानेको थियो ।
चिडियाखानाको वेबसाइटमा यो चिडियाखानमा करिब ४ सय जनावर भएको र जनावर हेर्नका लागि प्रत्येक वर्ष ७० हजार मानिस आउने गरेको उल्लेख गरिएको छ । यो चिडियाखान १९६५ मा स्थापना गरिएको थियो । सुरुमा चिडियाखानामा कुकुर, गधा तथा जंगली सुगुर मात्रै राखिएको थियो ।