एजेन्सी
सोमवार, जेठ ७, २०७५
2214

उत्तर प्रदेशको रायबरेली जिल्लाकी एक महिलाले बादरको मूर्तिको प्राणप्रतिष्ठा गरेर आफ्नो सारा सम्पत्ति बादरको नाममा राखिदिएकि छन् ।
चुनमुन नामको बादरका कारण एक महिला यति खुसी भइन् कि उनले आफ्नो सारा सम्पत्ति उक्त बादरको नाम गरिदिएकि छन् । गत वर्षनै चुनमुनको मृत्यू भएको थियो । त्यसपछि महिलाले आफ्नो घरमा बादरको मन्दिर बनाएकि थिइन् । उनले गत मंगलबार मन्दिरमा राम लक्ष्मण तथा सीताका साथै बादरको मूर्तिको प्राण प्रतिष्ठा गरेकि थिइन । महिलाले आफ्नो घरको नाम पनि बादरको नाम गरेकि छन् ।
रायबरेलीको शक्तिनगर निवासी कवयित्री सबस्तिालाई यो बादर १३ वर्ष पहिले फेला परेको थियो । चुनमुन फेला परेपछि आफ्नो जीवनमा पनि बदलाव आएको उनले बताइन् । चुनमुन उनका लागि भाग्यशाली प्रमाणित भएको थियो । सबिस्ता मुश्लिम हुन् । यसको बावजुद उनले आफ्नो घरमा मन्दिर बनाएकि थिइन्. । उनले १९९८ मा ब्रजेस श्रीवास्तवसँग प्रेम विवाह गरेकि थिइन । उनीहरुको कुनै सन्तान पनि छैन ।