कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
782

सुबिसु केवलनेटले विश्वकप–२०१८ लाई लक्षित गरेर क्लियर टिभी सेवामा ‘क्लियर टिभी विश्वकप किक अफ’अफर प्रस्तुत गरेको छ । आगामी बिहीबारदेखि सुरु हुन गइरहेको विश्वकपलाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरूलाई मात्र २०१८ को प्याकेज खरिदमा एचडी सेटटप बक्स, जडान सेवा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निःुल्क प्रदान गर्ने भन्दै कम्पनीले, आफ्ना ग्राहकवर्गहरूले हाइ डेफिनेसन पिक्चर क्वालिटिमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्देश्यका साथ यस्तो योजना प्रस्तुत गरेको जनाएको छ । साथै योजनामा सर्त तथा नियमहरू लागू हुने भन्दै कम्पनीले हाल क्लियर टिभी सेवामा २५० भन्दा बढी डिजिटल च्यानलहरू रहेको जसमा ६० भन्दा बढी एचडी च्यानलहरू रहेको जानकारी दिएको छ ।