कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
569

कोरियन टेक कम्पनी सामसङले ६ महिनाभित्र अर्थात् २०१९ को जुनसम्ममा नयाँ स्मार्टफोन ल्याउने भएको छ । अमेरिकाको लस भेगासमा चलिरहेको सीइएसमा कम्पनीले फोल्डेबल फोन यो वर्षको पहिलो ६ महिनामा ल्याउने घोषणा गरेको हो ।
विगत तीन वर्षदेखि फोल्डेबल फोनको चर्चा चर्को छ तर कुनै पनि कम्पनीले उपभोक्तासम्म पु-याउन सकेका छैनन् । यो वर्षको सीइएस मेलामा सार्वजनिक गर्ने भनेको कम्पनीको ग्यालेक्सी एफ को प्रोटोटाइप मात्र सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पहिलो फोल्डेबल फोनको रुपमा सार्वजनिक गर्न लागेको ग्यालेक्सी एफ बाहिर ल्याउनुअघि केही प्राविधिक काम सक्नुपर्ने भएकाले केही ढिला भएको कम्पनीको स्पष्टोक्ती छ । यो फोनको मूल्य १५ सय देखि २ हजार डलरसम्म पर्न सक्ने अनुमान गरिएको छ तर कम्पनीले आधिकारिक रुपमा भने भनेको छैन ।
कम्पनीका प्रडक्ट स्टार्टेजी प्रमुख सुजन्ने दी सिल्भाले डिजिटल ट्रेन्डसँग कुरा गर्न यो वर्ष कम्पनीले थप दुई वटा फोल्डेबल फोन सार्वजनिक गर्ने योजना रहेको बताएका छन् । आगामी महिनामा ग्यालेक्सी एस १० का तीन वटा भेरिएन्ट सार्वजनिक गर्ने योजनामा छ । यीमध्ये कम्तिमा एउटा भेरियन्ट फाइभ जी फोन हुने चर्चा छ ।