किरण आचार्य
शुक्रवार, भदौ २२, २०७५
636

गुगलले ४ सेप्टेम्बरमा आफ्नो २० वर्ष पूरा गरेको छ । गुगलले आफ्नो काम नयाँ सर्च इन्जिनबाट शुरू गरेको थियो । सर्च इन्जिनका कारण विश्व उपभोक्तामाझ चिनाइएको गुगल कम्पनी आधुनिक इन्टरनेट सुविधाको व्यवस्थापन र आधुनिक जीवनलाई आकार दिने जिम्मेवारीसमेत राम्रोसँग निभाएको पाइन्छ । अहिले यसले ८ उत्पादनहरूको विकास गरेको छ ।

काठमाडौं -तपाईंलाई कसैले सामान्य सूचना मागेछ भने तपाईंको उत्तर हुन्छ– ‘गुगल गर्नुस् न ।’ सायद धेरैको उत्तर यही होला । इन्टरनेटमा पहुँच हुनेका लागि सूचना स्रोतको पहिलो माध्यम हो गुगल । विश्वमै एक नम्बर सर्च इन्जिनमात्र नभई गुगल कम्पनीका युट्युव, जिमेल र अन्य एप्लिकेसनसँगै एआई जडित एसिस्टेन्टसम्म उपभोक्तासम्म पुगेका छन् । विश्वका ८५ प्रतिशत भन्दा बढी स्मार्टफोनमा जडित एन्ड्रोइड अपरेटिङ सिस्टमको संचालकसमेत रहेको गुगल सफ्टवयरदेखि हार्डवयरसम्म उत्पादन गर्दैे आफ्नो सफलतापूर्ण २० वर्ष पार गरेको छ । गुगल टिनएज बाट वयष्क बनिसकेको छ ।
गुगलले ४ सेप्टेम्बरमा आफ्नो २० वर्ष पूरा गरेको छ । गुगलले आफ्नो काम नयाँ सर्च इन्जिनबाट शुरू गरेको थियो । सर्च इन्जिनका कारण विश्व उपभोक्तामाझ चिनाइएको गुगल कम्पनी आधुनिक इन्टरनेट सुविधाको व्यवस्थापन र आधुनिक जीवनलाई आकार दिने जिम्मेवारीसमेत राम्रोसँग निभाएको पाइन्छ । अहिले यसले ८ उत्पादनहरूको विकास गरेको छ । यसका उपभोक्ता १ अर्ब भन्दा बढी रहेका छन् । गुगलका उत्पादनहरूको उपयोग मानव ज्ञान, संचार, काम क्षमताको प्रदर्शनलगायतका क्षेत्रमा सन् २०१८ सम्म आइपुग्दा विशाल हुन पुगेको छ । व्यापारसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिरहेकै कारण पनि उपभोक्ताहरूको औंलाले मोबाइल होस् वा ट्याव वा ल्यापटप, डेस्कटप किन नहोस् गुगल नै टाइप गर्छन् ।

गुगलको माउ कम्पनी अल्फाबेट हो । १ ट्रिलियन अमेरिकी डलरको कम्पनी बनेका एप्पल र अमेजनको समूहमा बन्न गुगल पनि तीव्रगतिले फड्को मारिरहेको छ । सुरुवातमा रातो, निलो, हरियो र पहेंलो रंगको सहायताले अंगे्रजीमा गुगल लेखेको लोगोबाट सुरु गरेको सर्च इन्जिनको आइकन विश्वका घटना परिघटना अनुरुपमा डुंगलमा परिणत भएका छन् । यसले पनि उपभोक्ताको आकर्षण बढाएको छ । गुगलले १५ सेप्टेम्बर १९९७ देखि सेप्टेम्बर २७, १९९८ सम्म यो प्रकारको लोगो प्रयोग गरेको थियो । गुगलको सफलताको कथा पनि निकै रुचिलाग्दो छ । ४ सेप्टेम्बर १९९८ मा गुगल १ लाख अमेरिकी डलरले स्थापना भयोे । पेज र ब्रायनले गुगल नाम दिएर कम्पनी खोलेको कम्पनी हाल ८ सय ४० अर्व डलरको कम्पनीको रुपमा विकसित भएको छ । गुगलको दुई दशक यात्रा कस्तो रह्यो त? एजेन्सीहरूको सहयोगमा गुगलसँग सम्बन्धित केही तथ्य र प्रसंगहरू प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
सन् १९९६ मा ल्यारी पेज र सर्जेइ ब्रायनले गुगललाई स्टयान्डफोर्ड युभिर्सिटीको नेटवर्ककका लागि ल्याएका थिए । यो ल्यारी पेजको अनुसन्धान परियोजना थियो । त्यहाँ उनले सर्जेइ ब्रायनलाई भेटे । दुबै मिलेर यसलाई विश्वव्यापी वेब बनाए । यो नै गुगलको नयाँ सर्च इन्जिन बन्न पुग्यो । सन् २००१ मा पेज र ब्रायनले एरिक स्मिटलाई गुगल चलाउन भर्ना गरे । उनीहरूलाई कम्पनीको अभिभावकत्व गर्ने व्यक्ति चाहिएको थियो । उनीहरूले स्मिटलाई ल्याए । उनी गुगल आउनुअघि नोर्टेलका प्रमुख कार्यकारी थिए । उनी सन् २००१ मा बोर्ड अफ डाइरेक्टरका चेयरम्यान र कम्पनीको प्रमुख कार्यकारी भए । स्मिट गुगलमा १० वर्षसम्म रहे । सन् २०११ मा स्मिट कार्यकारी अध्यक्षको भूमिकामा गए भने प्रमुख कार्यकारी पेज भए ।
सन् २००२ मा याहुले गुगललाई ३ अर्ब अमेरिकी डलरमा किन्न खोज्यो । सर्च इन्जिनको दुनियाँमा याहु अगुवा कम्पनी थियो । ३ अर्ब अमेरिकी डलरको प्रस्ताव हुँदा गुगल आफू ५ अर्बको भएको अनुभव गरी सो प्रस्ताव अस्वीकार ग¥यो । त्यसपछि गुगलले गुगल न्यूज ल्याउन ध्यान केन्द्रित ग¥यो । आज गुगल र यसको माउ कम्पनी अल्फाबेटले बजार मूल्य ८४० अर्ब अमेरिकी डलरसम्म पु¥याएका छन् । अर्कोतर्फ याहुले सन् २०१७ मा भेरिजनलाई बेच्यो । ५ अर्ब मुनि यो खरिद भएको थियो ।
जुलाई २००३ मा गुगल गुगलप्लेक्स तर्फ अगाडि बढ्यो । गुगलले १६०० एक्पिथिएटर पार्कवेको एक भवन लिजमा लियो । १ हजार मानिसलाई एकै समय काम लगाउन चाहिएको स्थानको रूपमा यो भवन लिजमा लिइएको थियो । त्यसबेला देखि यसलाई गुगलप्लेक्स भनिन्छ । पहिलो अप्रिल २००४मा गुगलले १ जीबी स्टोरेजको सुविधा उपलब्ध गरायो । १९ अगस्ट २००४ मा गुगल सार्वजनिक कम्पनी बन्यो । गुगलले एक सेयरको मूल्य ८५ अमेरिकी डलर तोकेर कम्पनीलाई सार्वजनिक ग¥यो । त्यतिखेर यो कम्पनीको मूल्यांकन २७ अर्ब अमेरिकी डलर थियो । अहिले यो १ ट्रिलियन अमेरिकी डलर बराबरको कम्पनी बन्ने दौडमा नजिकिएको छ । ८ फ्रेब्रअरी २००५ मा गुगलले गुगल म्याप ल्यायो । सन् २००९पछि यसको गुगल म्याप धेरै लोकप्रिय बन्न पुग्यो । यसको प्रयोग स्मार्टफोनमा बढेपछि लोकप्रियता अकाशिएको हो ।
गुगलले विश्व बजारसँगै चीनमा पनि आफ्नो उपस्थिति जनाएको पाइन्छ । तर चीनमा सर्च इन्जिनको उपस्थिति भने त्यति सफल देखिएन । २७ जनवरी २००६मा गुगलले चीनमा सर्च इन्जिन ल्यायो । चीनको स्थानीय कम्पनी बाइडुसँग प्रतिस्पर्धा गर्न चीनमा सर्च इन्जिन ल्याएको थियो । ९ अक्टोबर २००६ मा गुगलले युट्युब किन्यो । माइक्रोसफ्ट, भियाकम र याहुलाई पछि पार्दै युट्युब १.६५ अर्बमा किन्यो । यो किनेपछि गुगलले अनलाइन भिडियोका प्रतिस्पर्धामा जीत हासिल गर्ने अवसर प्राप्त ग¥यो । १४ अप्रिल २००७ मा गुगलले डबल क्ल्कि किन्यो । यो किनेपछि यसले वेब विज्ञापनको क्षेत्रमा आफ्नो पहुँच कायम ग¥यो । डबल क्लिक ३.१ अर्बमा किनेको थियो । २ सेप्टेम्बर २००८मा गुगलले क्रोम ब्राउजर ल्यायो । मोजिला फायरफक्सका केही डिभलपरको सहयोग लिएर गुगलले क्रोम फर विन्डोज बनायो ।
हाल विश्वभर एन्ड्रोइड अपरेटिङ सिस्टम ग्याजेटमा निकै पपुलर छ । गुगलले २३ सेप्टेम्बर २००८ मा एन्ड्रोइड ल्याएको हो । सन् २००५ मा ५ करोड अमेरिकी डलरमा एन्ड्रोइड किनेपछि लोकप्रिय अपरेटिंग सिस्टम एन्ड्रोइड लिएर गुगल प्रविधिको बजारमा आयो । टी मोबाइल जी १ र एचटीसी ड्रिम पहिलो एन्ड्रोइड फोनको रूपमा आएको थियो । ५ जनवरी २०१०मा गुगलले नेक्सस वन ल्यायो । नेक्स वन एचटीसीले बनाएको थियो । यसको डिजाइन गुगलले गरेको थियो । तत्कालीन समयमा नोकियाले एन्ड्रोइडको साटो आफ्नै एप्लिकेसन चलाउन खोज्दा नोकियाको सफलता नै इतिहास बन्न पुग्यो । एन्ड्रोइडमा टेकेर सामसुङ विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनी बनिरहेको छ भने चिनीयाँ ठूला कम्पनी पनि एन्ड्रोइडकै आडमा विश्वभर टेक बजारमा वर्चश्व कमाइरहेका छन् ।
चिनमा सेन्सरसीपको कुरो उठेपछि गुगलले त्यहाँ काम गर्न स्थगन ग¥यो । २२ मार्च २०१० मा गुगलले चीनलाई छोडेर हिँड्यो । १३ अगस्ट २०१० मा ओराकलले गुगल विरूद्ध एन्ड्रोइडको विषयलाई लिएर मुद्दा हाल्यो । सो मुद्दा दुई पटक जिते पनि ओराकलले हालै जितेको फैसला उपर गुगलले सर्वोच्चमा मुद्दा हाल्ने भएको छ । अक्टोबर २०१० देखि गुगल ड्राइभर बिनाको सेल्फ ड्राइभिंग कारको परियोजनामा काम गरिरहेको छ । विभिन्न कार कम्पनीहरूसँग मिलेर सेल्फ ड्राइभिंग कारको परियोजनालाई अगाडि बढाइरहेको छ । १५ जुन २०११मा क्रोम ओएस ल्यायो । २८ जुन २०११मा गुगल प्लस ल्यायो ।
गुगलले १५ अगस्ट २०११ मा मोटोरोला मोबिलिटी किन्ने घोषणा ग¥यो । १२.५ अर्बमा मोटोरोला किन्यो । गुगलको कम्पनी भएर मोटोरोलाले मोटो एक्स सन् २०१३मा ल्यायो । जुन २०१२ मा गुगलले गुगल ग्लास ल्यायो । यो स्मार्ट चश्माको चर्चा पनि निकै चुलिएको थियो त्यतिबेला । १ जुलाई सन् २०१३ मा गुगल रिडर, जुलाई २४ मा गुगल क्रोमकास्ट ल्याएर गुगलले जनवरी २४ मा गुगलले एआई रिसर्च ल्याब डिमाइन्ड किन्यो । कृत्रिम बौद्धिकताको विकास गरिरहेको डिप माइन्ड किनेर यसले एआईको विकास गरिरहेको छ । १० अगस्ट २०१५ मा गुगलले पुनसंरचना ग¥यो । गुगलले आफ्नो प्रमुख कार्यकारीमा सुन्दर पिचाईलाई राखेर काम अगाडि बढायो ।
विश्वमा पछिल्लो समयमा चर्चामा रहेको आर्टिफेसियल इन्टिलिजेन्ट (एआइ) मा पनि आफ्नो दह्रो उपस्थिति जनाएको छ । यसकै फलस्वरुप १८ मे २०१६ मा गुगलले गुगल असिस्टेन्ट ल्यायो । यो हाल एन्ड्रोइड एपमार्फत विश्वका उपभोक्ताका हातहातमा छ । अक्टोबर २०१६ मा गुगलले पिक्सेल र गुगल होम लिएर आयो । यो गुगलको हार्डवयर यात्रा थियो । १८ जुलाई २०१८मा गुगलले एन्ड्रोइडको एकाधिकार प्रयोग गरेकाले युरोपेली युनियनलाई जरिवाना ति¥यो । ५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिरेको हो । गुगलले यो जरिवाना तिरेको एक महिनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले खोजी परिणाममा गडबड गर्ने गरेको आरोप लगाए ।
गुगलले २० वर्षअघि स्टान्डफोर्डको अनुसन्धान परियोजनादेखि अहिलेसम्मको यात्रामा धेरै वैधानिक चुनौती पार गरी बढिरहेको छ । गुगलले कम असफलता र धेरै सफलता हात पार्दै अगाडि बढिरहेको छ । सर्च इन्जिन चलाउन नपाए पछि चिनमा समेत आफ्ना अन्य प्रोजेक्टहरू गरेर गुगलले आफ्नो उपस्थिति देखाइरहेको छ । हार्डवयर र सफ्टवयरमा गुगल विश्वका प्रविधि कम्पनीसँग प्रतिस्पर्धामा छ । सफ्टवेर र त्यसमा पनि सामाजिक संजालनमा गुगल फेसबुकसँग प्रतिस्पर्धामा छ भने कम्युटर युगदेखि नै ल्यापटप र कम्ीयुटरहरूमा सफ्टवयरको एक छत्र राज गरिरहेको माइक्रोसफ्ट पनि अर्को प्रतिस्पर्धी हो । साथै आधुनिक प्रविधिहरूमा थप चनाखो भएर लाग्नुपर्ने अवस्था गुगलसामु छ ।