कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५
963

काठमाडौं- चिनियाँ प्रविधि कम्पनी भिभोले आफ्ना पछिल्लो फ्ल्यागशीप फोन भारतमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच भारतमा सार्वजनिक गरिएको भीभो भी ११ प्रो र अर्को स्मार्टफोन भी ११ छिटै नेपालमा सार्वजनिक गरिने भएको छ ।
कम्पनीले दुबै स्मार्टफोनको नेपालमा प्रिबुकिङ खुला गरिसकेको छ । पछिल्लो महिनामा चिनियाँ कम्पनी ओप्पोले पनि ओप्पो एफ सेभेन र एफ नाइन दुई स्मार्टफोनको फरक फरक समयमा भव्य कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरिसकेको छ । भिभोले आगामी साता गर्ने भनेको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रम पछिल्लो डेढ महिनाको सेरोफेरोमा चिनियाँ टेक कम्पनीको तेस्रो कार्यक्रम हुनेछ । चिनियाँ कम्पनीहरूले भारतपछि नेपाल र दक्षिण एसियाली मुलुकमा आफ्ना उत्पादनलाई प्राथमिकताका साथ बजारमा ल्याउने गरेका छन् ।

भिभो भी ११ मा १६ र ५ मेगापिक्सेलका दुई डिउल रियर क्यामरा र २५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । भिभोको दुई स्मार्टफोनमध्ये भी ११ प्रो स्मार्टफोन थप पावरफुल छ । दुबै फोनमा क्यामरा यसमा १.९५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६६० एआईई अक्टाकोर प्रोसेसर छ भने ६ जीबी ¥यामका साथ १२८ जीबी स्टोरेजको साथ छ । २३४० गुणा १०८० पिक्सेल सहितको रिजोल्यूशनसहितको ६.४१ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले यसको अर्को विशेषता हो । यसमा ३४०० एमएएचको ब्याट्री जडित छ भने फास्ट चार्जिङ सुविधा त छ नै । यसको फरक विशेषता भनको इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हो । जुन, फ्ल्यागशीप किलर मानिएको वनप्लस सिक्समा पनि छैन । अन स्क्रीन फिंगरप्रिन्ट फोनको घोषणा गर्ने कम्पनी पनि भिभो विश्वमै अगाडि देखिएको हो ।
भी ११ स्मार्टफोन स्मार्टफोन ६.३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको फोन हो । यसमा रिजोल्यूशन २२८० गुणा १०८० छ भने २.० गीगाहर्जको १२ नानोमिटर हेलियो पी ६० अक्टाकोर प्रोसेसर जडित छ । ४ जीवी ¥याम र १२८ स्टोरेजको भिभोको यो फोनमा पछिल्ला स्मार्टफोनमा देखिएको डिउल क्यामरा भिभोमा पनि देख्न सकिनेछ । ट्रिपल कार्ड स्लट भएको स्मार्टफोनको स्टोरेज बढाएर २५६ सम्म बनाउन सकिन्छ । एन्ड्रोइडको ओरियो ८.१ अपरेटिङ सिस्टम, फास्ट चार्जिङ सुविधासहित ३३१० एमएएचको ब्याट्री, ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.०, जीपीएस, ओटिजी आदि यसका अन्य विशेषता हुन् । गत साता मात्र भारतमा सार्वजनिक भएको यी फोन नेपालमा कति मूल्यमा किन्न पाइन्छ भन्ने अझै निश्चित छैन ।