सरस्वती ढकाल
बिहिवार, बैशाख ५, २०७६

नेपालमा कुनै समय यस्तो थियो, आफन्त भेट्न दिनहुँ हिँडेर पुग्नुपथ्र्यो । हिँड्दा–हिँड्दैबीच बाटोमा पत्ता नलागेर अलपत्र हुनुपथ्र्याे । गाडी गुड्दा गुड्दै पेट्रोल सकियो वा राम्रो रेस्टुरेन्ट खोजी गर्नुप-यो वा अस्पतालको लोकेसन थाहा पाउनुप-यो भने गाडी ओर्लेर सोधखोज गर्नुप-यो । तर, अब समय र प्रविधिले फड्को मारेको छ । एउट सुविधा सम्पन्न मोबाइलले लोकेसन, घर सहाउँदो पेन्टिङ रंग, राम्रो अस्पताल, रेस्टुराँ, होटल, ट्याक्सी फेयर्स, बैंक अकाउन्ट, नेप्सेको लगायतको जानकारी जहाँ पुगे पनि थाहा पाउन सकिन्छ । केही युवा जनशक्तिको प्रविधिमा मेहनत र झुकावले हजारौं मानिसको जीवनशैली फेरिदिएको छ ।

150
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित ३९ अर्ब रूपैयाँ कर तिर्नु पर्ने बाँकि निर्धारण गरेको छ । सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको हो ।

165
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

नेपाल टेलिकमले जनकपुरमा फाइवर टु दी होम (एफटीटीएच) सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कम्पनीले एफटीटीएच सेवा सुरु गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन गरी सेवाको औपचारिक सुरुवात गरेका छन् ।

269
कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

चिनियाँ टेक कम्पनी साओमीका संस्थापक लेइ जुनले ७३ करोड ५० लाख पाउन्ड स्टर्लिंग बराबरको बोनस पाएका छन् । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यसको पुष्टि आफ्ना वार्षिक प्रतिवेदनमा उल्लेख गरी गरेको छ ।

473
एजेन्सी
शुक्रवार, चैत्र २९, २०७५

विकिलिक्सका संस्थापक जुलिआन आसान्जलाई अन्ततः बेलायती प्रहरीले पक्राउ गरेको छ । लन्डनस्थित इक्वेडरको दूतावासमा लुकेर बसेका असान्जलाई त्यहाँको प्रहरीले पक्राउ गरिएको हो । असान्ज इक्वेडरको शरणार्थी भएर त्यहाँ बसिररहेका थिए । ७ वर्ष देखि असान्ज त्यही बसिरहेका थिए । बेलायतले निस्कने बित्तिकै समात्ने भन्दै आएको थियो ।

420
कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालले नयाँवर्ष २०७६ को उपलक्षमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर अन्तर्गत ग्राहकले सामसङका सामानहरुको खरिदगर्दा आकर्षक उपलब्ध गराउने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकहरुले सामसङ टिभिको खरिदमा ३२ प्रतिशतसम्मको छुट, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ ।

445
एजेन्सी
मंगलबार, चैत्र २६, २०७५

विश्वकै ठूलो स्मार्टफोन निर्माता कम्पनी पछिल्लो समयमा स्मार्टफोनको विश्वव्यापी मागमा आएको कमीबाट नराम्ररी प्रभावित भएको छ । यो दक्षिण कोरियाली प्रविधि कम्पनीले आपूmले गत वर्षको समान अवधिको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफामा ६० प्रतिशतको गिरावट आउने अपेक्षा गरेको छ ।

407
कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५

विश्व प्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै उच्चतम प्रविधियुक्त रेडमी सिरिजअन्तर्गतको रेडमी नोट७ र रेडमी७ एकसाथ बजारमा ल्याएको छ । आश्चर्यजनक स्तरको अनुभव प्रदान गर्ने रेडमी नोट७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरूको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउ युक्त रहेको कम्पनीले जनाएको छ ।

403
सरस्वती ढकाल
आइतवार, चैत्र २४, २०७५

सरकारले सूचना–प्रविधिसँग सम्बन्धित मुद्दाको सुनुवाईका लागि सातवटै प्रदेशमा सूचना–प्रविधि अदालत गठन गर्ने भएको छ । सूचना–प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मार्फत सरकारले अदालत गठनको अवधारणा अगाडि ल्याएको हो । यो विधेयक अहिले सूचना तथा सञ्चार मन्त्रालयले संसदमा दर्ता गराएको छ ।

462
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

अनुसन्धानकर्ताहरूले टेक्नोलोजीमा आधारित काम गर्ने महिलाहरूका लागि हाइस्पिड ब्रोडब्यान्डको सुविधा भए उनीहरू आफ्नो मातृत्व बिदापछि अर्को बच्चा जन्माउन रूचाउने निष्कर्ष निकालेका छन् । मातृत्व बिदापछि काममा फर्किनुको साटो अर्को जन्माउने रूची उनीहरूमा देखिएको एक अध्ययनबाट देखिएको हो ।

452
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

इन्टरनेटमा विभिन्न किसिमका पसलहरू खुलेझैं पुस्तकहरूको पसल पनि खुलेका छन् । इन्टरनेट सेवा हुनेहरूले कागजको पुस्तक नकिनी इन्टरनेटबाट पुस्तक किन्ने गरेका छन् । ई–बुक सेवा दिन इन्टरनेट पसल बन्द गरे तपाईंले किनेका पुस्तकहरू पनि हराउने भएको छ । यसबारे चिन्ता व्यक्त हुन थालेको छ ।

352
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

विश्व बजारमा हालै सार्वजनिक भएको हुवावेको पी ३० सिरिजका स्मार्टफोन नेपाल भित्र्याइएको छ । दराजडटकममा प्रिबुकिङ खुला गरिएका यी फोनहरु आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिने भएको छ । गत मार्च २६ तारिखमा फ्रान्सको पेरिसमा हुवावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले हुवावे पी ३० सिरिजका तीन स्मार्टफोन हुवावे पी ३०, हुवावे पी ३० प्रो र पी ३० लाईट सार्वजनिक गरको थियो ।

419
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

अस्ट्रेलियाले प्रविधि कम्पनीहरूका लागि विवादित कडा कानुन ल्याउन लागेको छ । टेक कम्पनीको प्लेटफर्मबाट हिंसात्मक घृणित भिडियो सार्वजनिक भए तिनका कार्यकारीहरूलाई जेलसम्मको सजाय हुन सक्ने गरी जरिवानासहितको कानुन अस्ट्रेलियाले ल्याउन लागेको हो । गत महिना न्यूजील्यान्डको मस्जिदमा बन्दुकधारीद्वारा ५० जनाको हत्या गर्ने गरी गरिएको घटनाको लाइभ प्रदर्शन भएको थियो । त्यस घटनाका बन्दुकधारी अस्ट्रेलियामा जन्मेका थिए ।

260
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

सरकारले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा अवरुद्ध भएको दूरसञ्चार सेवा तत्काल सुचारु गर्न सेवाप्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बारा र पर्सामा आफ्नो नेटवर्क भएका सेवा प्रदायक कम्पनीलाई तत्काल सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

344
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

विश्वका तीन एआई विज्ञ ट्युरिङ अवार्डबाट सम्मानित हुने भएका छन् । बेलायतमा जन्मेका कृत्रिम बौद्धिकता (एआई)का विज्ञ जेफरी हिन्टनले ट्युरिङ अवार्ड जितेका छन् । कम्प्युटिङको क्षेत्रमा ट्युरिङ अवार्डको हैसियत नोबेल पुरस्कार जस्तो रहेको छ । हिन्टन अहिले क्यानाडामा बसिरहेका छन् । यो अवार्ड उनले योशुआ बेङियो र यान लेकुन दुई अर्का एआई विज्ञसँग पाएका हुन् । गहिरो सिकाइको क्षेत्रमा उनीहरूले पु-याएको योगदानका लागि यो अवार्ड दिइएको हो ।

417