सागर परियार
सोमवार, असार २५, २०७५
1754

माग पुरा नहुन्जेल काठमाडौं फर्किन्न 

जुम्ला-  भौगोलिक अवस्थाले विकटमा रहेका हजारौ कर्णालीबासीले सिटामोलसम्म नपाएर बर्षेनि ज्यान गुमाउनु परेको छ, गरीबीको मारमा परेका कर्णालीका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्न घरखेतसम्म बेचेर हैरानले काठ्माडौसम्म जानुपर्छ’ ।‘यिनै समस्या समाधानका लागि मैले उठाएको जायज मागलाई राज्यले सम्बोधन गर्दैन भने, म पनि यहिँ पवित्र कर्णालीमा मर्न तयार छुँ । जुम्लामा १५ औ अनशनरत डाक्टर गोविन्द केसीले भने । शनिबार पत्रकार संग अनशनरत डा. केसीले र कर्णालीली जस्तो पवित्र स्थानमा मेरो देश त्याग्न तयार छु । तर, माग सम्बाधेन नभए सम्म कुनै पनि हालतमा काठमान्डौ नफर्किने उनले बताए । मलाई सरकारका चिकित्सकको पनि उपचार चाहिएको छैन्, सरकारले जनता तथा विद्यार्थी मुखी विद्येयक ल्यावस त्यसमै आफु आम नेपाली खुसी रहने उल्लखे गरे । उनले थपे, मलाई काठमान्डौ बाट आएकोे,तीन सांसदको टोली,नेपाल चिकित्सक संघको केन्द्रिय टोली तथा अन्य शुभचिन्तककले जीवन रक्षाका लागि एअरलिफ्टमार्फत काठमान्डौ जान आग्रह गरेका छन् । तर, माग सम्बोधन नभए सम्म,प्रतिष्ठानको सघन कक्षबाट एक पाइला पनि सार्दिन, जनताका लागि कर्णाली जस्तो पवित्र ठाउँमा मर्नु परेपनि तयार रहेको आँसु झार्दै केसीले भने । 
चिकित्सका संघको टोली जुम्ला 

नेपाल चिकित्सक संघ केन्द्रीय समिति काठ्माडौले खटाएका दुई विशषेज्ञ चिकित्सक शनिबार जुम्ला पुगेपछि आठ दिनयता यँहा अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।  भेटसँगै चिकित्सकहरुले डा. केसीको स्वास्थ्य चेकजाँज गर्दा उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको बताए । अनशनरत डा. केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दक्ष चिकित्सकहरुले उपचार गरीरहेपनि यँहा आवाश्यक उपकरण नहुँदा केसीलाई जुनसुकै समयमा पनि समस्या हुनसक्ने भएकाले, आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने बताए । नेपाल चिकित्सक संघका बरीष्ठ उपाअध्यक्ष समेत रहेका चिकित्सक ढुण्डीराज पौडेलले डा. केसीको स्वास्थ्य अवस्था गम्भिर रहेकाले जतिखेर पनि उनलाई एअरलिफ्ट गरी काठ्माडौ लिनुपर्ने अवस्था आउने बताएका हुुन् । ‘केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ, ठुलो समस्या आँउदा उनलाई यँहा उपचार संभव छैन’ उनले भने, ‘हामिले काठ्माडौ एअरलिफ्ट गर्न सुझाब दिँदा डा. केसीले मान्नुभएन, तर चाँडो भन्दा चाँडो केसीको माग सम्बोधन गर्दै सरकारले उनको जिबनरक्षा गर्नुपर्छ ।’ डा. केसीको मागप्रति सरकार लचिलो नभए देशभरका स्वास्थ्य संस्था ठप्प पार्दै सेवा प्रवाह रोकेर चिकित्सक, स्वास्थ्यकर्मिहरु आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।अर्का चिकित्सक प्रकाश बुढाथोकीले भने, ‘सुगम गाँउमा भएको भए डा. केसीको उपचारमा कुनै समस्या हुन्थेन, तर दुर्गम ठाँउ भएकाले यँहा स्वास्थ्य उपकरण र भनेको बेला हवाई सेवा पनि उपलब्ध हुदैन् । केसीको जीवनरक्षाका लागि सरकार गम्भिर बन्नुपर्छ ।’ उनले डा. केसीको अनशन अँझै जारी रहने हो, भने तत्काल काठ्माडौ एअरलिफ्ट गर्नुको विकल्प नरहेको बताए । डा. केसीको ज्यानमा कुनै तलमाथी भए, केसीको माग अधुरै रहने भन्दै माग सम्बोधनका लागि उनलाई बचाउन आवाश्यक रहेको उनको भनाई छ ।चिकित्सकहरुले डा. केसीको माग र आन्दोलन जायज भएको भन्दै आफुहरुको पनि पुरा समर्थन र सहयोग रहने प्रतिक्रिया दिए । डा. केसीको माग सम्बोधन नभएसम्म नेपालको चिकित्सा शिक्षा सुधार नहुने चिकित्सक संघ जुम्लाका उपाअध्यक्ष समेत रहेका केसीको उपचारमा संलग्न चिकित्सक प्रविण गिरीले बताए । 
कालिकोटबासी पनि सडकमा 
डा. केसीको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण जनाउँदै कालिकोटबासी पनि सडकमा उत्रिएका छन् । शनिबार कालिकोटका जनप्रतिनिधि, शिक्षक, नागरीक समाज, स्वास्थ्यकर्मि लगाएतको टोली जुम्ला पुगेर केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् । डा. केसीले उठाएका मुद्धाहरु सबै कर्णालीबासीको साझा मुद्धा भएको भन्दै मागप्रति सरकार गम्भिर नभए चरणबद्ध कडा आन्दोलन गर्ने कालिकोटकासीको भनाई छ ।जुम्लामा विरोध प्रदर्शनपछि पत्रकार सम्मेलन गर्दै नागरीकि समाजका अगुवा तथा तिलागुफा नगरपालिका ५ कालिकोटका अध्यक्ष टिकाराम न्यौपानले आईतबारदेखी कालिकोट जिल्ला सदरमुकाममा चरणबद्ध आन्दोलनका कार्यक्रम शुरु गर्ने बताए । जुम्लामा रहेको प्रतिष्ठानमा तत्काल मेडिकल कलेज शुरु गरेर एमबिबिएससम्मको पढाई कर्णालीमै हुनुपर्ने कालिकोटबासीको माग छ । चिकित्सा शिक्षा अध्ययन गर्न सँधै कालिकोटबाट काठ्मार्डौ धाउन संभव नभएको भन्दै कर्णालीमै पढाई शुरु नभएसम्म सरकारलाई दबाब दिने कार्यक्रम जारी रहने नेपाल शिक्षक संघ कर्णाली प्रदेशका उपमहासचिब नविन हमालले बताए ।