कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
514

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एचआईभी संक्रमितको सीडीफोर कोषको गणना तथा लेखाजोखा देखाउने मेसिन हस्तान्तरण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका वरिष्ठ टेक्नोलोजी भूपराज राईले प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिता पुनलाई मेसिन हस्तान्तरण गरेका हुन् । एचआईभी संक्रमितको सीडीफोर कोषको परीक्षणका लागि जिल्ला अस्पताल वा पोखरा जानुपर्ने बाध्यता थियो । यन्त्र हस्तान्तरण भएपछि अब एचआईभी संक्रमित जिल्ला बाहिर जान नपर्ने भएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पुनले बताइन् । सम्भवतः प्राथमिक स्वास्थ्य केन्द्रमा नेपालकै पहिलो सेवा वालिङ हुने बताइएको छ । एचआईभी संक्रमितको जोखिममा रहेको स्याङ्जामा आएको मेसिनले तत्कालै धेरैको ज्यान बच्न सक्ने चिकित्सकको भनाइ छ । एकै दिनमा करिब ८० जना बिरामीको कोषको गणना गर्न सकिने क्षमता मेसिनको छ ।