कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल रानीगाउँमा मुटु रोगका बिरामीलाई लक्षित गर्दै क्याथल्याब सेवा स्थापना भएको छ । यसअघि मुटुरोगको सामान्य उपचार र डाइग्नोसिस मात्र हुने गरेकोमा अब मुटुको थप उपचारसमेत हुने भएको छ । अस्पतालले मुटुरोगको उपचारमा महत्वपूर्ण मानिने क्याथल्याब सञ्चालनका लागि जर्मन प्रविधिको सिमेन्स कम्पनीका उपकरण ल्याएको र यसका लागि अस्पतालले ७ करोड थप लगानी गरेको अस्पतालका मानव संंशाधन तथा लेखा प्रबन्धक कमल ढकालले जानकारी दिए । क्याथल्याबबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लास्टी गर्ने र पेसमेकर राख्ने काम हुन्छ ।

527
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

जिल्लाको पूर्वीभेगमा रहेको नगरोन्मुख सहर रामपुरमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । ६० लाखको लगानीमा एसियन डाइग्नोस्टिक ल्याब्रोटोरी प्रालि बुटवलले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रामपुरमा शाखा विस्तार गरी अत्याधुनिक प्रविधि र प्राविधिकसहितको सेवा सुरु गरेको हो ।

319
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

स्वास्थ्यमा पहुँच प¥याउन संखुवासभाको शिलिचोङ र शिलिचोङ–काठमाडौं व्यवस्थापन तथा संयोजन समितिको अगुवाइमा स्ट्रेचर वितरण गरिएको छ । समितिले देश विदेशमा रहेका शिलिचोङवासीबाट संकलित ८ लाख ४१ हजार रुपैयाँमा १ सय ५० थान स्ट्रेचर खरिद वितरण गरेको हो । शिलिचोङ गाउँपालिकाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन बृहत् स्टे«चर अभियानअन्तर्गत संकलित स्ट्रेचर बुधबार शिलिचोङ–२ को बुधबारे बजारमा वितरण गरिएको हो ।

264
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

प्रजनन अधिकारको अभियान सन् १९६० को दशकबाट शुरु भएयता नेपाल लगायत धेरै मुलुकका लाखौं महिलाले आफ्नो शरीर र भविष्यबारे स्वयं निर्णय लिन सक्ने अवस्था भएता पनि यौन तथा प्रजनन अधिकारको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको कुरा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नयाँ प्रतिवेदनले देखाएको छ ।

241
सागर परियार
सोमवार, बैशाख २, २०७६

कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अभियान जारी छ । यस अभियानअन्तर्गत बिहीबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परीक्षणमा झण्डै ६० जना चालकको स्वास्थ्य चेकजाँच गरिएको छ । चेकजाँच गरिएका सबै चालकको स्वास्थ्य अवस्था विगतको भन्दा सुधार हँुदै गएको सिअनमी मालिका थापाले बताइन् । विलासी खानपानका कारण चालकमा स्वास्थ्य समस्या देखिनु स्वाभाविक हो ।

260
गोपाल संग्रौला
आइतवार, बैशाख १, २०७६

स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न सरकारी अस्पतालले खरिद गरेका ११ करोड रूपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएर बसेका छन् ।

341
केशव समर्पण
बुधवार, चैत्र २७, २०७५

३ नम्बर प्रदेश सरकारले प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाएको छ । हेटौंडा अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने गरी मदन कुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ ।

334
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका सम्पूर्ण सेवा सोसाइटीको कालिमाटी, रेडक्रस मार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालनमा आएको छ ।

552
कारोबार संवाददाता
आइतवार, चैत्र १७, २०७५

रामेछाप नगरपालिका हिमगंगाकी ४८ वर्षिया रामकुमारी मगरले महिलाको पाठेघरमा धेरै किसिमको रोग लाग्न सक्छ भन्ने सुनेकी थिइन्, तर पाठेघरमा क्यान्सर हुन्छ र त्यसका लागि जँचाइरहनु पर्छ भन्ने कुरा कहिल्यै जानकारी पाएकी थिइनन् । उनले त्यसदिन त्यो कुरा थाहा पाइन्, जुन दिन उनले गाउँमै आएको स्त्रीरोग शिविरमा गएर स्वास्थ्य जाँच गराइन् ।

528
मनिषा चम्लागाईँ
आइतवार, चैत्र १७, २०७५

नेपालमा असुरक्षित पानीका कारण हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेको विज्ञहरुले बताउँदै आएका छन् । सबै मानिसको पहुँचमा मुहानको पानी उपलब्ध नहुने हुँदा पनि मृत्यु हुनेको संख्या बढी भएको हो । झापा । नेपालमा असुरक्षित पानीका कारण हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेको विज्ञहरुले बताउँदै आएका छन् । सबै मानिसको पहुँचमा मुहानको पानी उपलब्ध नहुने हुँदा पनि मृत्यु हुनेको संख्या बढी भएको हो । तीव्र जनसंख्या वृद्धि भएसँगै स्वच्छ पानीको चुनौती थपिएको त्रिभुवन विश्वविद्यालय वातावरण विभाग केन्द्रीय उपप्राध्यापक डा. जितबहादुर साह बताउँछन् । सन् २०५० सम्ममा पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्ने जानकारहरुको भनाइ छ । यसले आगामी दिनमा सुरक्षित पानीको समस्या अझ जटिल बन्दै जाने साहले बताए । 

566
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबिएच) मान्यता प्राप्त गर्न अस्पतालको सूचीमा सूचीकृत भएको छ । अस्पतालको सेवा, जनशक्तिको व्यवस्थापन, विश्वस्तरीय प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापनले नेपाल मेडिसिटी अस्पताल एनएबिएचमा सूचीकृत भएको हो ।

435
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विभिन्न रोग पहिचान गर्ने अत्याधुनिक एमआरआई मेसिल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन प्राप्त भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले बताए ।

486
केशव समर्पण
बुधवार, चैत्र १३, २०७५

समग्र स्वास्थ्य परिक्षण प्याकेजमा युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगत परिक्षणलगायत रहेका छन् । नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले प्रदेश नं. ३ सरकारले मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । हेटौंडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्न लागिएको हो ।

454
रासस
शुक्रवार, चैत्र ८, २०७५

विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच सहमति भएको छ ।

521
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ ।

633