गोपाल संग्रौला
मंगलबार, आश्विन १६, २०७५
918

वैदेशिक रोजगारीमा देखिएको कीर्ते, ठगी र ढिलासुस्तीसमेतको निगरानी गर्नेगरी वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने १३ संस्थाका २ हजारभन्दा बढी कार्यालय एकीकृत सञ्जालमा जोडिएका छन् । सोमबार जोडिएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) को सुरुवातपछि वैदेशिक रोजगारीमा काम गर्दै आएका ६ सरकारी र ७ निजी संस्थाको कार्यसम्पादन सञ्जालमा जोडिएका हो ।
सञ्जालमा जोडएसँगै यी संस्थाले वैदेशिक रोजगारीमा जान प्रक्रिया सुरु गरेका युवाको काम कारबाहीलाई सरकारले कुनै पनि बेला अनुगमन र निगरानी गर्न सक्नेछन् । यो प्रणालीको सुरुवातसँगै वैदेशिक रोजगारी प्रक्रियाका बीचमा हुने ठगी, अनियमितता र विचौलियाको प्रवेशलाई पूर्णरूपमा रोक लगाइ विदेश जाने युवालाई प्रक्रियामा सहज बनाइएको छ । एफईआईएमएस प्रणालीको सुरुवातसँगै वैदेशिक रोजगारसँग सरोकार राख्ने निजी, वित्तीय र सरकारी गरी १३ संस्थाका २ हजारभन्दा बढी कार्यलयको काम एकीकृत सञ्जालमार्पmत हुनेछ । सोमबारदेखि यो प्रणालीमा ६ वाणिज्य बैंकका ३३६ शाखा, १४ बिमा कम्पनीका ६५ शाखा, १ हजार २२६ म्यानपावर कम्पनी, २३४ स्वास्थ्य संस्था, १५९ अभिमूखीकरण संस्था, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कामदार, राहदानी विभाग, सबै दूतावास र कन्सुलर विभाग जोडिएका छन् । अब यी संस्थाको एक अर्काको कार्यसम्पादन एक अर्कासँग जोडिने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अब बैंक, बिमा कम्पनी, राहदानी विभाग, दूतावास, म्यानपावर कम्पनी, कामदार, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, स्वास्थ्य संस्था, तालिमप्रदायक संस्था, अध्यागमन विभाग र कन्सुलर विभाग एक आपसमा जोडिएर काम गर्ने बताए । “अब दूतावास यो प्रणालीको प्रयोग गरी रोजगारदाताबाट प्राप्त कामदारको मागपत्र सोभैm वैदेशिक रोजगार विभागमा पठाउने छ,” सहसचिव ज्ञवालीले भने, “यसबाट नक्कली मागपत्र ल्याएर नेपाली युवाहरूलाई विदेश पु-याएर अलपत्र पार्ने र ठगी गर्ने निरुत्साहित हुने छन् भने तोकिएको सेवा सुविधा नदिने रोजगारदाता कालो सूचीमा पर्ने छन् ।”

फर्किएका कामदारको लगत संकलन सुरु
वैदेशिक रोजगारीमा जाने युवाको संख्या मात्र राखिँदै आएकोमा अबदेखि फर्किएका कामदारको समेत सूचना राखिने छ । यो प्रणालीको राम्रो पक्ष भनेको स्वीकृति लिएका, विदेश गएका र फर्की आएका कामदारको विवरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबारबाट राख्न सुरु गरिएको छ । यसका साथै श्रम स्वीकृति प्राप्त कामदार विदेश नगई नेपालमै रहे नरहेको विवरण समेत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगार व्यवसायीले पूर्वस्वीकृति र अन्तिम स्वीकृतिको आवेदन अनलाइन मार्फत दिन सकिने छन् भने आवेदनको स्थितिका विषयमा अनलाइनमार्फत नै जानकारी लिन सकिने बनाइएको छ ।