लिंकन युनिभर्सिटी कलेज र मलेसियाको दीक्षान्त समारोह सम्पन्न
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
356

 लिंकन युनिभर्सिटी कलेज मलेसियाले नेपालमा आफ्नो दोस्रो दीक्षान्त समारोह सम्पन्न गरेको छ । शनिबार आयोजित दीक्षान्त समारोहमा ३ सय जना विद्यार्थी दीक्षित भएका थिए । मलेसियामा रहेको लिंकन युनिभर्सिटीसँग नेपालका १२ वटा कलेजले सम्बन्धन लिएका छन् । सम्बन्धन लिएका कलेजहरूले बीबीए, बीएचएमर एमबीए प्रोग्राम सञ्चालन गर्दै आएका छन् । दीक्षान्त समारोहमा बोल्दै पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले गुणस्तरीय शिक्षा प्राप्त गर्नु हरेक विद्यार्थीको अधिकार रहेको बताए । बदलिँदो विश्व परिवेशका कारण अन्तर्राष्ट्रिस्तरको शैक्षिक सिकाइ रहेक राष्ट्रको शैक्षिक आवश्यकता बन्दै गएकातर्फ इंगित गर्दै शर्माले लिंकन युनिभर्सिटीबाट उत्पादित जनशक्तिले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुराउने बताए ।
दीक्षान्त समारोहका अर्का वक्ता विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राध्यापक डा. गणेशमान गुरुङले आफ्नै घर परिवारमा बसेर अन्तर्राष्ट्रियस्तरको डिग्री प्राप्त गर्न पाउनु विद्यार्थीका लागि सुखद पक्ष रहेको बताए । सन् २००२ मामलेसियामा स्थापित लिंकन युनिभर्सिटीले काठमाडौं, ललितपुर, बिर्तामोड, बिराटनगर, बुटवल पोखरा, पाल्पाजस्ता सहरहरूका विभिन्न १२ वटा कलेजमा सम्बन्धन लिएका छन् । दीक्षान्त समारोहमा ब्याचलरका १ सय र मास्टर्सका २ सय विद्यार्थीलाई दीक्षित गरिएको थियो । समारोहमा लिंकन युनिभर्सिटीका प्रो चान्सलर डा. हजाबीबी फ्लोरिना अब्दुल्ला र भाइस चान्सलर डा. अमिया भौमिकको पनि उपस्थिति थियो । १० जना विद्यार्थीलाई डिन पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

 

सातामा धेरै पढिएको