गोपाल संग्रौला
मंगलबार, चैत्र ५, २०७५
384

भारतमा उच्च शिक्षाका लागि जाने बिद्यार्थीको सहजताका लागि जेआर एजुकेशनको सहकार्यमा काठमाडौंमा भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको इन्फर्मेसन सेन्टरको स्थापना गरिएको छ ।
सोमबार जेआर एजुकेसनले पत्रकार सम्मेलन गरेर भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबका इन्फर्मेसन सेन्टरको स्थापना गरिएको जनाएको छ । अभिभावक तथा विद्यार्थीहरूलाई भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको बारेमा सहजै जानकारी पाउन सकुन् भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने मानव संसाधन विकास गर्ने उद्देश्यले सन् १९९७ मा शैक्षिक यात्रा सुरु गरेको भाई गुरुदाश ग्रेप अफ् इन्स्टिच्यूसन् पंजाबकै उत्कृष्ट कलेज हो । यस समूहले सफलतापूर्वक पंजाबको विभिन्न जिल्लाहरुमा ईन्जिनियरिङ, मेनेजमेन्ट, कम्प्युटर एप्लिकेशन, ल, नर्सिङ र पोलिटेक्नीक जस्ता प्रभावकारी बिषयमा सातवटा छुट्टाछुट्टै कलेजहरु संचालन गरिरहेको छ । पंजाब टेक्निकल युनिभर्सिटी सम्बद्ध र एआईसीटिई अनुमोदित शैक्षिक संस्था रहेको सो अवसरमा जानकारी दिईएको छ । संस्थाको अन्तिम लक्ष्य अझ राम्रो नागरिक सिर्जना गरी उत्तम राष्ट्र सिर्जना गर्नु रहेको जनाईएको छ । विद्यार्थीहरूको सर्वाङगीण बिकास नै आफ्नो उपलब्धि ठान्ने यस संस्थाले उत्कृष्ट शैक्षिक पूर्बाधार र अनुसन्धानमा बिधार्थीहरूलाई केन्द्रीय गरेको छ । अध्ययान पछिको अवसरका लागि शैक्षिक संस्थान र उद्योगहरू बीच सहकार्यको विकास गरीएको सो संस्थाले जनाएको छ । भाई गुरुदाश गु्रप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको समुद्घाटन भाई गुरुदाश गेुप अफ् इन्स्टिच्यूसन्का अध्यक्ष डा. गुनिन्दरजित सिङ जवान्दले सोमबार सेन्टरको उद्दघाटन समेत गरेका छन ।

उद्दघाटन समारोहमा बोल्दै भाई गुरुदाश गु्रप अफ् इन्स्टिच्यूसन्का अध्यक्ष डा. जवान्धले भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले कलेजमा भर्ना भएका बिद्याार्थीहरूको अभिभावक तथा सम्भावित बिद्यार्थीहरूलाई आवश्यक जानकारी प्रदान गर्ने र पुर्ण रूपमा प्रबिधिको प्रयोग भएकोले निमेष भरमै कलेजको गतिबिधि, नेपाली बिधार्थीहरूको अवस्था र प्रगति बिबरण प्राप्त गर्न सकिने जानकारी दिए । त्यसैगरी कार्यक्रममा बोल्दै कलेजकी डिन डा. शुभ्रीत कौर जवान्धले भाई गुरुदाश गु्रप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले अभिभावक र नेपाली बिधार्थीहरू बीचको दुरी कम गरी कलेजलाई समेत रिपोर्टिङ गर्न सहज हुने बताए । भाई गुरुदाश गु्रप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको नेपाल प्रतिनिधि तथा जे आर एजुकेशनले बिभिन्न भारतीय शैक्षिक संस्थाको प्रबर्धन गरिरहदा बिद्यार्थी हरूको ससाना समस्याहरूको समाधान सेन्टरले तुरुन्त गर्न सकिने जनाईएको छ । जेआर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो । जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय, बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।