कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
262

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती छात्रवृत्ति प्रदान गर्ने भएको छ । कलेजमा इलेक्टोनिक्स एन्ड कम्युनिकेसन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको कलेजले जनाएको छ ।
इलेक्टोनिक्स एन्ड कम्युनिकेसन संकायमा भर्ना हुने २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए । उनका अनुसार २५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गरिनेछ । यो छात्रवृत्ति रकम प्रति विद्यार्थी झन्डै ५ लाख रुपैयाँ बराबरको हुने जनाइएको छ । यसअघि गत वर्षदेखि कलेजले प्रत्येक प्रदेशका एक–एकजना विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्न थालेको थियो ।