हिमेश विक
बिहिवार, फाल्गुन ९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर परियोजनामा भारतको कारण ढिलासुस्ती भइरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई बुधबार सम्बोधन गर्दैै उनले महाकालीबाट दोधारा चाँदनीका लागि आवश्यक १० क्युसेक पानी लिने कुरा अघि बढिरहेको, तर पञ्चेश्वर परियोजनाका विषयमा छिमेकीबाट औपचारिक रूपमा ‘हुन्छ हुन्छ’ भन्ने तर अनौपचारिक रूपमा नाफाघाटाको कुरा आइरहेकाले ढिलासुस्ती भइरहेको बताए ।

191
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका छन् । बुधबार बिहान कञ्चनपुर पुगेका मन्त्री महासेठले निरीक्षणपछि निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिएका छन् । भीमदत्तनगरपालिका–११, १२ र १३ को स्थानीयले पहुँच मार्ग निर्माणका क्रममा ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीलाई मुआब्जा तथा क्षतिपूर्ति दिन मन्त्रीसमक्ष माग गरेका छन् ।

181
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

प्रदेश–१ को मन्त्रिपरिषद्ले ल्याएको प्रदेश विद्युत्सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा २ सय मेगावाटसम्मको विद्युत्को अनुमतिपत्र (लाइसेन्स) दिने उल्लेख छ । हालै प्रदेशसभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विधेयक छलफलको चरणमा छ । यो पारित भएमा २ सय मेगावाटसम्मको लाइसेन्स प्रदेश सरकारले दिन पाउँछ ।

181
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

संसदीय विकास समितिले जतिसक्दो छिटो मेलम्चीको पानी काठमाडौं ल्याउन निर्देशन दिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै समितिकी सभापति कल्याणी खड्काले मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाडौं ल्याउन सरकारलाई निर्देशन दिएकी हुन् । मेलम्चीको पानी ल्याउन पटकपटक समय तोकर सर्वसाधारणलाई झुक्याएको भन्दै उनले अब जसरी पनि चाँडोभन्दा चाँडो सर्वसाधारणलाई मेलम्चीको पानी वितरण गर्न आग्रह गरेकी छिन् ।

227
कृष्ण न्यौपाने
बुधवार, फाल्गुन ८, २०७५

तनहुँको म्याग्दे गाउँपालिका–७ मा उपभोक्ताको शतप्रतिशत लगानीमा पक्की नाला निर्माण सुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडितर्फको द्वारेखोला पुलचोकदेखि तिलाटार हुँदै रानीश्वाँरासम्मको एक किमि पक्की नाला उपभोक्ताकै शतप्रतिशत लगानीमा सुरु भएको हो ।

152
हरिश चन्द
बुधवार, फाल्गुन ८, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु हुने दाबी गरेका छन् । डडेल्धुरा सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको स्याउले बजारनजिकै दूधकाँडेमा निर्मित स्याउले १३२ केभी सबस्टेसन आयोजनाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माणकार्य आरम्भ हुने जिकिर गरे ।

231
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

सहभागितामूलक योजना छनोट प्रक्रियामा नागरिक समाजको ९ प्रतिशतमात्र सहभागिता हुने गरेको तथ्य सार्वजनिक भएको छ । सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत हालै गरिएको एक अध्ययनबाट सो कुराको खुलासा भएको हो । बाँकेको कोहलपुरमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको स्थिति विश्लेषणसम्बन्धी आधाररेखा अध्यावधिक अध्ययन २०१९ ले सो तथ्य देखाएको हो ।

147
भीम गौतम
बुधवार, फाल्गुन ८, २०७५

तनहुँ हाइड्रो पावर कम्पनीले विवादित ठेकेदार कम्पनी इटालीको सीएमसी दि राभेना सोसाइट कोअपरेटिभसँगेो ठेक्का सम्झौता तोडेको छ । पटकपटक ताकेता गर्दा पनि आयोजना निर्माणका लागि नआएपछि मंगलबारनै पत्र पठाएर कम्पनीले ठेक्का तोडेको हो । सीएमसीले १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजना बाँध निर्माणको ठेक्का पाएको थियो ।

172
रासस
मंगलबार, फाल्गुन ७, २०७५

मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी वर्षात्अघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ ।

299
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयनबाट सन् २०३० भित्रमा ६५ लाख नेपालीलाई विद्युत्को थप पहुँच पुग्ने तथ्यांक सार्वजनिक गरिएको छ । हालै सरकारद्वारा ल्याइएको राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ को सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल ऊर्जा क्षमता कार्यक्रम (नीप) परामर्शदाता विशाल थापाले ऊर्जा दक्षतामार्फत ६५ लाख घरधुरीमा थप विद्युत्को पहुँच पुग्ने बताए ।

395
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती नदी सफाइका लागि निश्चित समय तोकेर कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । बागमती नदी मुलुककै लागि सभ्यताको पहिचान भएको भन्दै बढीमा अबको दुई वर्षभित्र बागमती सफाइको काम सक्ने गरी कार्ययोजना ल्याउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई मन्त्री राईले निर्देशन दिएका हुन् ।

195
केशव समर्पण
मंगलबार, फाल्गुन ७, २०७५

प्रदेश नम्बर ३ सरकारले प्रदेश राजधानी हेटौंडाको मुख्य सडकलाई १६ मिटर चौडा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रिय राजमार्गमा २५ मिटर विस्तार गर्ने चर्चा चलिरहेको बेला प्रदेश सरकारले भने १६ मिटर विस्तार गर्ने योजना बनाएको हो ।

318
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

राष्ट्रिय गौरवका आयोजनाको प्रगति नाजुक बन्दै गएपछि संसदीय संसदीय समितिले छानबिन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्तीबारे अध्ययन गर्ने निर्णय गरेको हो । हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना रहेकोमा अधिकांशको प्रगति न्यून छ । ती आयोजनामध्ये कतिपयको काम प्रारम्भिक चरणभन्दा अगाडि बढेको देखिँदैन ।

233
अनुपमा खनाल
सोमवार, फाल्गुन ६, २०७५

पुनर्निर्माणको काम थालेको १५ महिनाको अवधिमा गोरखा दरबारको जगको मात्रै काम सकिएको छ । पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीले गत कात्तिकबाट काम थालेकोमा हालसम्म जगमात्रैको काम सकेको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिए ।

212
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

कुल आयोजनाको लागतमध्ये स्वपुँजी (इक्विटी)तर्फको ६० प्रतिशत सेयर दिइसकिएको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सरकारले ४९ प्रतिशत जनतालाई सेयर दिने प्रस्ताव अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा शुक्रबार बसेको संयोजन समितिको पहिलो बैठकले त्रिशूली–३ बी मा जनतालाई ४९ प्रतिशत सेयर दिने गरी अघि बढ्ने उल्लेख गरे पनि यो आयोजनामा ६० प्रतिशत सेयर प्रवद्र्धक कम्पनीले हालिसकेका छन् ।

310