कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
2212

लमजुङ-लमजुङको सुन्दरवजारमा नक्कली नोट भेटिएको छ । नेपाल बैंक लिमिटेड सुन्दरवजार शाखामो एकहजार रुपैयाँको नक्कली नोट भेटिएको हो ।
नजिकिएको दशै पर्वका लागि नयाँ नोट सटहीका लागि ग्राहकले दिएको रकममा एक थान हजार रुपैँयाको नक्कली नोट फेला परेको बैंकका कर्मचारी सूर्य श्रेष्ठले वताए । उक्त नोटमा एकातर्फ च २५, ३१४१४३ र अर्कोतर्फ च २५, ३१४१३४ नंम्वर अंकित रहेको छ ।

बैंकका कर्मचारीले रकम मिलाउने क्रममा उक्त नोट फेला पारेकोले कसले दियो भन्ने थाह हुने नसकेको नेपाल बैंक लिमिटेड सुन्दरवजार शाखाका शाखा प्रवन्धक विष्णु खनालले वताए । यसअघि करिव एकमहिना अघि बेसीशहरस्थित राष्ट्रिय वाणिज्य वैंकमा पनि सोहि नम्वरको नक्कली नोट भेटिएको थियो । बैँकमा नक्कली नोटको विगविगी शुरुभएपछि व्यवसायी साथै सर्वसाधरणहरु कारोवारका लागि त्रसित भएका छन् ।