डडेल्धुरा-आर्थिक वर्षको अन्त्यमा स्थानीय निकायमा भुक्तानीका लागि भीड बढेको छ । असार महिना सकिँदै गर्दा स्थानीय तहमा योजना फस्र्यौट गरी भुक्तानी लिनेको भीड बढेको हो ।
चालू आवको सुरुवातमै कतिपय योजना निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता भए पनि भुक्तानी लिन मसान्त नजिकिए पछि आउने गरेकाले स्थानीय निकायमा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीको निकै भीडभाड बढेको देखिन्छ । डडेल्धुरालगायत सात नम्बर प्रदेशका सबै स्थानीय तहमा पछिल्लो एक साता यता दिनहु सय बढी योजना फस्र्याैट गरी भुक्तानीका लागि बैंकका चेक दिइने गरिएको छ । एकैदिन एकै स्थानीय तह नगरपालिका वा गाउँपालिकाबाट सय बढी चेक जारी गरिँदा बैंकमा चेक सटही गर्नेको लामो लाइन लाग्नुका साथै चाप बढेको छ । बिहान बैंक नखुल्दै चेक सटही गर्नेको चाप बैंक बाहिर सडकमा देखिने गरेको छ ।
योजनाहरू चैत महिनामा नै सम्पन्न भइसकेको भए पनि भुक्तानीका लागि असार मसान्तमा कार्यालयमा आउँदा भुक्तानी लिनेको चाप बढेकाले कार्य व्यस्तता पनि बढेको उनको भनाइ छ । “पछिल्लो एक साता यता शुक्रबार र आइतबारमात्रै दैनिक सय योजनाको फस्र्यौट गरिएको छ,” उनले भने, “भुक्तानी लिन ढिलाइ गर्ने परिपाटीका कारण कर्मचारीलाई एकै समयमा कामको थुप्रो लाग्ने गरेको छ ।