कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
396

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही फागुन ८ गतेदेखि १६ गतेसम्म महोत्सव चल्ने साँस्कृतिक उपसमिति संयोजक डिल्ली परियारले जानकारी दिए ।
उनका अनुसार महोत्सव मुल आयोजक समिति र कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले सयुक्त रूपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सवमा कृषिजन्य उत्पादन अवलोकन तथा बिक्री बितरण, रुकुम पश्चिममा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण र स्थानीय झाँकिरहेको प्रदर्शन गरिनेछ । त्यस्तै संसारकै अग्लो चरा अष्ट्रिज, मुरुभूमिमा पाइने उट र रोटेपिङलगायतका अन्य मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । चलचित्र क्षेत्रका नायक नायिका बिराज भट्ट, झरणा थापासहित लोक तथा आधुनिक गीतका क्षेत्रमा क्रियाशील दर्जनौं कलाकारहरुको प्रस्तुति हुने महोत्सव मुल आयोजक समिति रुकुम पश्चिमले जनाएको छ ।