कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५
276

कञ्चनपुर-बेदकोट नगरपालिकाले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन विपन्न महिलाहरूलाई ठेला दिन लागेको हो । नगरपालिका–१ बाट १ जना विपन्न महिलालाई तालिम खाजा नास्ता तालिम दिएर १० जनालाई व्यवसाय सञ्चालनका लागि १/१ वटा ठेला प्रदान गर्ने जनाएको छ । बेदकोट नगरपालिकाले नगरभित्र रहेका विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन खाजा–नास्ता तयारीसम्बन्धी ७ दिने तालिम गत असारमा सम्पन्न गरेको जनाएको छ ।
नगरपालिकाले वडा स्तरबाट व्यवसाय गर्न सक्ने र क्षमता भएका १ जना विपन्न महिलालाई छनोट गरी खाजा–नास्ता तालिम दिएको हो । महिलाहरूका लागि सिलाइ कटाइ, ब्युटिपार्लरलगायतका व्यवसायमा सफलता नभएकाले नगरपालिकाले वैज्ञानिक ढंगको कार्यक्रम तय गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख सुशीला सिंहले बताए । उनले भने, “महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याएको हौ । “व्यवसाय गर्दा सुरुमा चुनौती कठिनाइ आए पनि हरेश नखाई व्यवसाय सञ्चालन गरे सफलता पाउने बताइन् ।” उनले भने, “महिलाहरू अब घरभित्र बसेर हुँदैन महिलाले व्यवसायमा लाग्नुपर्छ ।”
गाईपालन, बाख्रापालन व्यवसायमा महिलाहरू अल्झिएको बताउँदै उपप्रमुख सिंहले व्यवसाय नफस्टाएको बताए । महिलाहरूको हक हितका लागि आफु सधैं सहकार्य गरेर अगाडि बढ्ने सिंहले बताए । उनले भने, “अहिले ठेला बनिरहेको छ । अझै केही दिन लाग्छ त्यसपछि तालिम लिएका महिलाहरूलाई ठेला दिइनेछ ।” एक ठेला ४० हजार लागतमा बन्न लागेको बेदकोट नगरपालिकाले जनाएको छ ।
-महादेव अवस्थी