कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५
372

काठमाडौं-सिप्रदी ट्रेडिङ प्रालि, सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा देशका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । सिप्रदी ट्रेडिङको अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रूपमा सहयोग गरेका हुन् ।
कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिहरू, सबै कर्मचारीहरू क्षेत्रीय प्रमुखलगायत हजारौको उपस्थिति थियो । हजारौ वर्ष पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा अध्यात्मिक विकास हुन्छ । केही वर्ष पहिला संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यस योग दिवसलाई संसारभरी मनाइन्छ र सिप्रदीले पनि यस विश्वब्यापी अभियानमा आफ्नो आबद्घता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको छ ।

सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले शरीर र मनलाई शान्त राख्ने योगाअध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने ब्यायाम भएको बताए । विशेष गरि आजका युवाहरू धेरै चाहिने कुरा, हिंसा आदिमा आफ्नो समय व्यतित गरिरहेका छन् । त्यसैले योगाले मन, शरीर र आत्मालाई शान्त बनाउने भएकाले सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्था, टाटा मोटर्स तथा आफ्ना ग्राहक, परिवार तथा साथीभाइहरूसँग जोडिने अवसर पाएकोमा खुसी लागेको बताए ।
त्यस्तै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थासँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए । योगा भनेको खाली व्यायाम गर्नु मात्र होइन यो आफ्नो भित्री पहिचान खोज्ने तरिका भएको उनको भनाइ छ ।