कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
357

दमौली- निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट ७६ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी टीकाराम सापकोटाले ४६ मत प्राप्त गरे । संघको अध्यक्षमा निर्वाचित श्रेष्ठ निवर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् भने सापकोटा मनोनीत सदस्य हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद खनाल ८४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी रुद्रकुमार श्रेष्ठले ३८ मत प्राप्त गरेका छन् । अधिवेशनबाट क्षेत्र नं १ को उपाध्यक्षमा इश्वरीप्रसाद देवकोटा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ को उपाध्यक्षमा विष्णुराम थापा ८१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने प्रतिद्वन्द्वी यामप्रसाद भट्टराईले ४० मत प्राप्त गरेका छन् ।
समावेशी सदस्यमा सुकबहादुर गुरुङ ६४ मत प्राप्त गरी निर्वाचित भएका छन् भने प्रतिद्वन्द्वी वीरबहादुर बस्यालले ५३ मत प्राप्त गरेका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा कृष्णबहादुर थापाले ७२, आशबहादुर लामाले ६३, ऋषिराम अधिकारीले ७२ र शेरबहादुर गुरुङले ८४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
अधिवेशनबाट महासचिव रामचन्द्र पौडेल (आरसी), नीतिगत सचिवमा टीकाराम पनेरु, वस्तुगत सचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा सोम थापा मगर, सहकोषाध्यक्षमा राजेश पण्डित सर्वसम्मत भएका छन् । अरु सबै पदमा सर्वसम्मत भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र क्षेत्र नं २ को उपाध्यक्षका लागि मतदान भएको थियो ।
सदस्यहरुमा १० वटा स्थानीय तहबाट एक-एक जना सर्वसम्मत निर्वाचित भएका छन् । जसअनुसार भीमाद नगरपालिकाबाट बासुदेव तिम्सिना, शुक्लागण्डकी नगरपालिकाबाट ईश्वरकुमार श्रेष्ठ, भानु नगरपालिकाबाट मनबहादुर आले, आँबुखैरेनी गाउँपालिकाबाट शिवराम केसी, म्याग्दे गाउँपालिकाबाट ओमबहादुर आले, व्यास नगरपालिकाबाट सुरेश वाग्ले, रिसिङ गाउँपालिकाबाट मदन गैरे सर्वसम्मत निर्वाचित भएका छन् भने घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाबाट सदस्य चयन गरिनेछ ।
खुला सदस्यमा रविन पौडेल, कृष्णमुरारी मिश्र, केदार अधिकारी, महिला सदस्यमा लक्ष्मी बगाले सर्वसम्मत निर्वाचित भएका छन् । लेखा संयोजकमा गिरीराज लामिछाने र सदस्यहरुमा दीपकुमार श्रेष्ठ र खोजबहादुर गुरुङ निर्वाचित भएका छन् । १ सय ५५ मतदाता रहेको निर्वाचनमा १ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।