कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५
279

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको १७ औं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा कृष्णकुमार फुयाँल विजयी भए । शनिबार सम्पन्न निर्वाचनमा कृष्णकुमार फुयाँलले ४९ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष रविनकुमार श्रेष्ठले ३४ मत ल्याए, अध्यक्षसहित अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू (३), महासचिव, उपसचिव, सचिव, कोषाध्यक्ष र सदस्य पनि चयन गरिएको छ, जसमा क्रमशः उत्तम अधिकारी, नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोककुमार श्रेष्ठ (राजन) महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋषिराज घिमिरे, कोषाध्यक्षमा दीपेन्द्र थापा, सदस्यहरूमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतम, रामकृष्ण श्रेष्ठ, योगेन्द्र पाठक, रुद्र न्यौपाने, बलराज पौडेल, दिवाकर गिरी, अमित शाह, सुरज बन्जाडे चयन भएका छन् ।
अध्यक्ष, उपाध्यक्ष र दुई सदस्यका लागि निर्वाचन भएको थियो । सो साधारण सभाको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले गरे भने संघको सांगठनिक प्रतिवेदन संघका महासचिव मनोजकुमार श्रेष्ठले गरे । आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष नानीराज घिमिरेले गरेका थिए ।