कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

नेपाली जुत्ताचप्पल उद्योगी समूहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर बिजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबका सञ्चालक जितु नेपालले उद्घाटन गरे । मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरू बीएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्यान्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन् ।

319
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

स्प्राइटको समर क्याम्पेन, स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्तामाँझ उत्साहपूर्ण ढंगले अगाडि बढिरहेको छ । फेब्रुअरी १ देखि सुरु भएको यो रिफ्रेसिङ रिचार्ज क्याम्पेनबाट हालसम्म ४.५ लाखभन्दा बढी विजेताहरूले टक टाइम जितिसकेका छन् र उपभोक्ताबाट पनि उत्साहपूर्ण प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ ।

264
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई व्यापारिक प्रयोजनका लागि सटरहरूको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघले पुरानो बसपार्कमा निर्माणाधीन ‘भ्यु–टावर’ सम्पन्न नहुन्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कका रूपमा प्रयोग गर्ने सहमति भए पनि अहिले आएर भूमाफियाहरूले व्यापारिक प्रयोजनको थलो बनाउन खोजेको आरोप लगाएको हो ।

304
लक्ष्मण ढुंगाना
बुधवार, बैशाख ४, २०७६

पश्चिम तराईको आर्थिक हव मानिएको बाँकेको नेपालगन्जमा दिन प्रतिदिन ठूलाठूला होटलहरूमा लगानी गर्ने क्रम बढिरहेको छ । नेपालगन्जबाट हुम्ला सिमीकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण होटलमा लगानी बढेको हो । होटल व्यवसायीहरूका अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरमा होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटलहरूलाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

246
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्रान्डको आफ्नो नयाँ उत्पादन चनाको सातु देशभर उपलब्ध गराएको छ । हाल यो ५ सय ग्रामको प्याकमा उपलब्ध छ ।

239
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

रोयल काठमाडौं हिमालयन बेभरेज प्रालिले यस वर्ष सञ्चालन गरेको ‘लक्की ड्र’ कार्यक्रम खुला गरेको जनाएको छ । उपत्यकाका लागि मात्र सञ्चालन गरिएको ‘लक्की ड्र’ कार्यक्रम सोमबार काठमाडौंमा खुला गरिएको हो ।

175
कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६

नेपालका लागि बंगलादेशका राजदूत ममास्फे बिन्ते साम्सले नेपाल–बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको बताएकी छन् । उनले दुवै सरकारका तर्फबाट समयसमयमा विभिन्न तहमा औपचारिक भेटघाट भएको र नेपालको निकासी बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सहयोग गर्न सकारात्मक रहेको बताइन् ।

303
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट ७६ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी टीकाराम सापकोटाले ४६ मत प्राप्त गरे । संघको अध्यक्षमा निर्वाचित श्रेष्ठ निवर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् भने सापकोटा मनोनीत सदस्य हुन् ।

329
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

ट्रेकिङ व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) भित्र भ्रष्टाचार भएको व्यवसायीहरूले आरोप लगाएका छन् । मंगलबार टानले विशेष भेलामा व्यवसायीहरूले संस्थाका पदाधिकारीहरूले आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् । उनीहरूले टिम्स्लगायत अन्य ठेक्का गर्दा संस्थाका पदाधिकारीहरूले ठूलो रकम अपचलन गरेको हुनसक्ने भन्दै लेखापरीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग पनि गरेका छन् । उनीहरूले सरकारले पर्यटन वर्ष मनाउने योजना गरे पनि पर्यटन पूर्वाधार विकास गर्नेतर्फ पदाधिकारीहरूले कुनै चासो नदेखाएको आरोप पनि लगाएका छन् ।

191
मीनकुमार नवोदित
सोमवार, बैशाख २, २०७६

नेपालमै पहिलो स्ट्रील लेन नमुना दाबी गरिएको विराटनगरको मुटुमा अवस्थित सेन्ट्रल मलमा उपभोक्तालाई लक्षित गरी विभिन्न उपहार योजना सुरु गरिएको छ ।

198
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

रूपन्देहीका डेरी व्यवसायीले दुग्धजन्य पदार्थको शुद्धतामा जोड दिनुपर्ने बताएका छन् । रूपन्देही डेरी व्यवसायी समितिको आठौं साधारण सभामा बोल्ने सरोकारवालाहरूले देशमा स्वरोजगार हुने र कृषिलाई प्रवद्र्धन गर्ने उद्योगका रूपमा रहेको पेशालाई दीर्घकालिन बनाउन दुग्धजन्य वस्तुको शुद्धतामा जोड दिनुपर्ने बताएका हुन् ।

217
मनिषा चम्लागाईँ
सोमवार, बैशाख २, २०७६

प्रदेश–१ मा अत्याधुनिक मिल्क पाउडर प्लान्ट उद्योग सञ्चालनमा आउने भएको छ । दुग्ध सहकारी संस्था तथा उद्यमीसँगको साझेदारीमा उद्योग सञ्चालनमा आउन लागेको हो । आगामी २०७७ सालदेखि सञ्चालनमा आउने गरी प्रदेश सरकार तथा डेरी उद्योगी र सहकारी संस्थाको संयुक्त लगानीमा इटहरी उपमहानगर पालिका—१, आँपगाछीमा उद्योग स्थापना गरिएको छ । सगरमाथा मिल्क पाउडर प्लान्ट नाम दिइएको उद्योगले दुई वर्षपछि किसानबाट उचित मूल्यमा दूध खरिद गरी मिल्क होलिडे अन्त्य गर्ने लक्ष्य राखेको झापाका व्यवसायी तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले जानकारी दिए । उद्योगबाट धुलो दूध उत्पादन गरी आन्तरिक बजारमै खपत गरिनेछ ।

725
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

नेपाल उद्योग परिसंघको नयाँ नेतृत्वले निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनबीच सहकार्यको पहल गर्ने भएको छ । गतसाता परिसंघमा नयाँ नेतृत्व चयन भएसँगै सहकार्यको प्रयास भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सलगायतका संगठनबीच सहकार्य गर्ने संकेत गरेका हुन् ।

225
सरस्वती ढकाल
शुक्रवार, चैत्र २९, २०७५

देशमा लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भइसकेको छ । दुईतिहाई बहुमतप्राप्त सरकार बनेको पनि एक वर्ष नाघिसकेको छ । बलियो सरकारसँगै देशमा लगानीका लागि वातावरण बन्नेछ भन्नेमा जो कोही पनि आशावादी छन् । यसबीचमा स्वदेशी तथा विदेशी लगानी आउने अपेक्षा बढी नै थियो । तर, अपेक्षित लगानी भित्रिन नसके पनि सरकारले कुनै प्रयास नै नगरेको भने होइन ।

275
कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

ग्रिल तथा स्टिल व्यवसायी महासंघमा छैटौं पटक मोहन कटुवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको २५ औं वार्षिक साधारणसभा तथा ८ औं राष्ट्रिय महाधिवेशनबाट निर्विरोध कटुवालको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी एवं सदस्यको कार्यसमिति चयन भएको हो ।

323