कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५
602

राष्ट्रिय वाािणज्य बैंकको सोमबारबाट ३ वटा शाखा कार्याय थप भई कारोबार सुरु भएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–६ स्थित सोरुकोटमा शाखा कार्यालय सोरु, रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित शाखा कार्यालय कालिकास्थान र खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–४ स्थित शाखा कार्यालय बाक्सिलाको कारोबार सुरु भएको भन्दै बैकले यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ४ पुगेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीतिअनुरूप रावा बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।