कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
279

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेको बैंकबाट जारी विज्ञप्तिमा जनाएको छ ।
उक्त सम्झौता भएपश्चात् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरू मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरूबाट उपलब्ध हुने पनि बैंकले जनाएको छ ।